तस्बिरमा डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि

तस्बिरमा डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि

काठमाडौ : सोमबार निधन भएका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर बासवारीस्थित न्युरो अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ।श्रद्धाञ्जलि दिन आफन्त तथा शुभेच्छुकको बाक्लो उपस्थिति छ। दिउँसो १ बजेसम्म श्रद्धाञ्जलिका लागि शव अस्पतालमा राख्ने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ। 

दिवंगत देवकोटाको शीरमा ढाकाटोपी लगाइएको छ। परिवारका अनुसार देवकोटाकै इच्छाअनुसार उनलाई ढाकाटोपी, दौरासुरुवाल र कोट लगाइएको हो। 

यसैबीच, देवकोटालाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता पनि त्यहाँ पुगेका छन्। पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई पत्नी हिसिला यमीसहित न्युरो अस्पताल पुगेर देवकोटालाई श्रद्धाञ्जली दिए। उनी देवकोटाका सहपाठी पनि हुन्। 

श्रद्धाञ्जलीका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका नेता बामदेव गौतम पनि न्युरो अस्पताल पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।

नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, पूर्वसभामुख सुवास नेम्वाङ, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल,न्यूरो सर्जन वसन्त पन्त, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

स्वास्थ्य समस्या देखिएपछि गत मंसिर ५ गते उनी बेलायतको किङ्स अस्पतालमा भर्ना भएका थिए। गत वैशाख १५ गते बेलायतमा उपचार गर्दागर्दै रोग निको नहुने थाहा पाएपछि उनी स्वदेशमै देह त्याग गर्ने इच्छाअनुसार नेपाल फर्केका थिए।

पुर्खयौली घर गोरखा पुगेर फर्किएको ९ दिनपछि डा. देवकोटाको निधन भएको हो।

को हुन् देवकोटा ?

जन्म : २०१० पुस ४
निधन: २०७५ असार ४

एमबीबीएस उत्तीर्ण : २०३० साल

वीर अस्पतालमा सेवा सुरु : २०३१ साल

वीर अस्पतालमा न्युरो सर्जरी वार्ड स्थापना : २०३८

न्युरो सर्जरीमा एफआरसीएस गर्न बेलायत प्रस्थान : २०४०

न्युरो सर्जरीमा दक्षता हासिल गरी स्वदेश फर्किएर वीरमै सेवा सुरु : २०४७

स्वास्थ्य मन्त्री :२०५९ असोज २५

वीर अस्पतालमा न्युरो

चार दशकदेखि बिरामीको सेवामा संलग्न डा. देवकोटाले भारतबाट एमबीबीएस गरेका थिए । २०३१ सालमा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा सेवा सुरु गरेका थिए । वीर अस्पतालका सर्जरी विभागका तत्कालीन प्रमुख डा. दिनेश गंगोलको मातहतमा रहेर उनले कार्य गरेका थिए । त्यसअघि उनले केही समय शिक्षण अस्पताल महराजगन्जमा लेक्चररका रूपमा काम गरे ।

न्युरो सर्जरीमा नयाँपन दिने काममा अगुवाइ गरेका डा. देवकोटाले नेपाली चिकित्सामा न्युरो सर्जरीलाई उचाइमा पु¥याउने काम गरे ।

उनी व्यक्तिगत रूपमा सरल, स्वाभिमानी र देशभक्त मानिन्थे । उनले स्वास्थ्य मन्त्री हुँदा चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरे, स्वास्थ्य बिमाको अवधारणा ल्याए ।

उनले सन् १९६१ मा वीर अस्पतालमा डा. दिनेश गंगोलसँग मिलेर मस्तिष्कको सर्जरीको सुरुवात गरे । त्यसको दुई दशकपछि नै सन् १९८१ मा भेलोरका केभीमथाईर डा. गंगोलसँग मिलेर ६ शैय्याको न्युरो सर्जरी वार्ड स्थापना गरे ।

डा . देवकोटाले आधुनिक न्युरो सर्जरीको सुरुवात भने १९८९ फेब्रुअरीमा गरेका थिए । २०५९ असोज २५ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठित नौ सदस्यीय मन्त्रीमण्डलमा उनी सात महिना स्वास्थ्य र विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए । उनले २०६२ सालमा बाँसबारीस्थित न्युरो अस्पतालको स्थापना गरेका थिए ।

०७४ कात्तिक ३० गते राधिका बस्नेतको ब्रेन ट्युमरको शल्यक्रिया गरेका थिए, जुन उनको अन्तिम शल्यक्रिया थियो । मंसिर पहिलो साता स्वास्थ्य समस्या देखिएपछि मंसिर ५ गते उनी बेलायतको किंग्स अस्पतालमा भर्ना भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.