टिपरले ठक्‍कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

टिपरले ठक्‍कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

धनगढी : धनगढी नगरपालिका- 1३ कैलाली गाउँबाट बजारतर्फ आइरहेको मोटरसाइकललाई बोराडाँडीमा टिपरले ठक्‍कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको ज्यान गएको छ। 

मंगलबार बिहान साढे ८ बजेतिर धनगढी बजारतिर आइरहेका वडा नम्बर ७ का हेमराज अवस्थीले चला‍एको से १ प ३३८० नम्बरको मोटरसाइकलाई माटो बोकिरहेको से १ क ८३९ नम्बरको टिपरले पछाडिबाट ठक्‍कर दिँदा त्यसकै पछाडि आइरहेको से १ क ८३८ नम्बर टिपरले किचेर मोटरसाइकलको पछाडि बसिरहेकी ४८ वर्षीया पार्वती अवस्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने पार्वती अवस्थी हेमराज अवस्थीकी श्रीमती हुन्। चालक हेमराज अवस्थी भने सामान्य घाइते भएका छन्। अत्तरिया धनगढी ६ लेन सडकमा माटो भरिरहेको मोहन कन्सट्रक्सनको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।दुबै टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.