पर्यटकको आकर्षण बन्दै बाबाताल

पर्यटकको आकर्षण बन्दै बाबाताल

सिरहा : प्रकृतिको काखमा तीनतिरबाट चुरे पहाडले छेकेको छ। पहाडको बीचमा सङ्लो पानीको ‘बाबाताल’ मनमोहक देखिन्छ। सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरस्थित रहेको बाबाताल पछिल्ला दिनमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। प्रदेश २ को सरकारले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि यस ताललाई विशेष महŒव दिइएको छ। पर्यटन विकासअन्तर्गत प्रस्तुत नीति तथा कार्यक्रमको ५६ नम्बर बुँदामा बाबाताललगायत प्रदेशका पर्यटकीयस्थलको प्रवद्र्धनमा निजी क्षेत्रलाई समेट्ने उल्लेख छ।

पूर्वपश्चिम लोकमार्गको बन्दीपुर बजारबाट एक किलोटिर उत्तरमा बाबाताल छ जसमा जोकोही पनि आनन्द मानेर रमाउने गर्छन्। झरना, हरियाली वनजंगल, निलो पानीको ताल, पिकनिकस्थल र मोक्षश्वर मन्दिरले वातावरण मनमोहक बनाएको छ। तालमा बोटिङ गर्ने सुविधा पनि छ। त्यसका लागि चारवटा बोट राखिएका छन्।

‘चुरे पहाडको फाँटबाट बग्ने बाढीले कैयौं बिघा जमिन बालुवाले पुरिने गरेको थियो’, स्थानीय प्रकाश कोइरालाले भने, ‘गाउँलेहरूसँगको छलफलपछि त्यस ठाउँमा ताल बनाउने निर्णय भयो। भू–संरक्षण कार्यालयले जग्गा संरक्षणका लागि बजेट सहयोग गर्दा खहरे खोला तीन वर्षअघि तालमा परिणत भयो।’ गाउँलेहरूको प्रयास र सरकारी निकायको सहयोगमा निर्मित यो ताल यतिखेर पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको छ। चुरेछेउमा माटोको बाँध हालेपछि बगरमा परिणत भएको सयौं बिघा खेतीयोग्य जमिन उपयोगमा आएको कोइराला बताउँछन्।

बाबाताललाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा उभ्याउन आवश्यक रहेको बाबाताल संरक्षण समितिका कैलाश घिमिरेको भनाइ छ। ‘तालमा चलचित्रको सुटिङका लागि पनि आउने गरेका छन्’, उनले भने, ‘कहिले भोजपुरी त कहिले मैथिली गरी दर्जनौं फिल्म सुटिङ भएको छ।’

प्रवेश शुल्क र बोटिङ टिकटबाट दैनिक पाँच हजार आम्दानी हुँदै आएको बाबाताल संरक्षण सम्वद्र्धन समितिका घिमिरेले जानकारी दिए। उनका अनुसार घुमफिर गर्ने सिजनमा एकैदिन ५० हजारसम्म आम्दानी भएको छ। तिहारपछि कात्तिक, मंसिर, पुस र माघ महिना बाबाताल घुम्ने सिजन रहेको उनले जानकारी दिए। पिकनिकका लागि पनि बाबाताल क्षेत्र उपयोगी बन्दै गएको छ। यस क्षेत्रमा प्रवेश शुल्क १० र आधा घण्टा बोटिङ गर्दा सय रुपैयाँ लिने गरेका छन्। पिकनिकका लागि आउने समूहसँग पाँच सय रुपैयाँ प्रवेश शुल्क लिने गरेका छन्। प्रवेश शुल्क र बोटिङको टिकट काट्दा बर्सेनि लाखौं रुपैयाँ आम्दानी हुने गरेको छ।


ताललाई थप आकर्षक बनाउन भ्यू टावर निर्माणाधीन अवस्थामा छ। पिकनिकस्थल, चिल्डे«न पार्क र सडक कालोपत्रेलगायत निर्माण कार्य अगाडि बढेका छन्।

ताललाई थप आकर्षक बनाउन भ्यू टावर निर्माणाधीन अवस्थामा छ। पिकनिक स्थल, चिल्डे«न पार्क र सडक कालोपत्रेलगायत निर्माण कार्य जारी रहेको ताल संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष अञ्जनीकुमार दाहालले बताए। केही समयभित्रै स्थानीयसँगको सहकार्यमा होमेस्टे पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले सुनाए। ‘पहिला धेरै मात्रामा वन फडानी हुन्थ्यो’, उनले भने, ‘जबदेखि बाबाताल सञ्चालनमा आयो वन फडानी रोकिएको छ।’ उनका अनुसार पर्यटन विकाससँग सम्बन्धित निकायमा गई यो ठाउँलाई अझ राम्रो बनाउने योजना छ।

फाइल ः बाबाताल

क्याप्सन ः सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरस्थित बाबातालमा बोटिङ गरी रमाउँदै पर्यटक। शम्भु यादव÷अन्नपूर्ण पोस्ट्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.