फस्टाउँदै विषादीरहित तरकारीखेती

फस्टाउँदै विषादीरहित तरकारीखेती

सिन्धुली : जिल्लाका मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका कृषक विषादीरहित व्यवसायिक तरकारीखेती र बाली संरक्षणतर्फ आकर्षित भएका छन्। राजन गाउँले। सिन्धुुली जिल्लाका किसान अर्गानिक तरकारीखेतीमा आकर्षित हुुन थालेका छन्। भारत र तराईका जिल्लाबाट ल्याइएको तरकारी तथा फलफूलमा व्यापक रूपमा विषादी पाइएपछि पछिल्लो समयमा सिन्धुुलीमा विषादीरहित तरकारी तथा फलफूल उत्पादनमा जोड दिन थालिएको छ।

जिल्लाका विभिन्न ठाउँमा जिल्ला कृषि विकास कार्यालयले एकीकृत शत्रुुजीव व्यवस्थापन कृषक पाठशाला कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा विषदीरहित तरकारी उत्पादनमा समेत वृद्धि हुुन थालेको छ। जिल्लाका मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका कृषक विषादीरहित व्यवसायिक तरकारीखेती र बाली संरक्षणतर्फ आकर्षित भएका छन्। कार्यालयका अनुुसार जिल्लाको कमलामाई नगरपालिकाको भद्रकाली, जलकन्या, मरिण गाउँपालिकाको कपिलाकोट, घ्याङलेख गाउँपालिकाको नेत्रकाली, तामाजोर, गोलन्जोर गाउँपालिकाको रतनचुुरा, भीमेश्वरलगायत चार सय कृषक समूह विषादीरहित तरकारी उत्पादनमा लागेका हुुन्। उनीहरूलाई तरकारी तथा उन्नत जातको बाली लगाउन पाठशालाले सहयोग गरेको छन् । 

१६ हप्ताको तालिम पश्चात विषादीरहित विभिन्न जातका मौसमी र बेमौसमी तरकारीखेतीबाट किसानले आम्दानीसमेत लिन थालेका छन्।

तालिम पश्चात विाषदीरहित तरकारीखेती गर्दा रोग किराको नियन्त्रणका लागि पनि पैसा खर्चिनुु नपरेको कमलामाई नगरपालिका–४ निवासी कृषक कृष्ण विकको अनुुभव छ। आफूजस्तै अन्यले पनि तालिमका क्रममा सिकेका सीपको प्रयोगबाट बालिको उपचार गरिरहेको बिकले जानकारी दिए। उनले भने, ‘अहिले कृषक उन्नत जातको कांक्राखेतीबाट प्रतिहेक्टर १३ मेट्रिक टनसम्म उत्पादन लिन सफल भएका छन्। यस्तै कोपी, बन्दा, सिमी, आलुुको उत्पादनमा समेत वृद्धि हुुँदा आम्दानीको स्रोत बढ्दै गएको छ।’

पाठशालामार्फत माटो सुुहाउँदो बालीको उत्पादन तथा तरकारीको बीउ छनोटका साथै रोग किरा तथा जैविक विषादीको प्रयोगका लागि प्राविधिक ज्ञान कृषकलाई सिकाइएको थियो। उनीहरूलाई उन्नत जातको धान, आलुु, कांक्रा तथा काउली कोपी जस्ता बाली र तरकारी संरक्षणका साथै खेती गर्नका लागि तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ।

पाठशाला सञ्चालनका लागि कार्यालयले २४ जना आईपीएम कृषक सहजकर्ता तयार गरी कृषि प्रविधिको विस्तारमा सहयोग पुु¥याउँदै आएको छ। कार्यालयले आईपीएम सहजकर्तासँगै कृषि प्राविधिकको सहभागितामा एक स्थानमा कम्तीमा २५ जना कृषकको समूह बनाइ पाठशाला सञ्चालन गर्दै आएको छ।

विषादी प्रयोग गरिएको तरकारीले मानिसको स्वास्थकम गम्भीर असर पुुग्ने र विषादीखरिद गर्न पैसा खर्च हुुने, विषादीको प्रयोग गर्दा आफ्नो स्वास्थमा समेत अपरपर्ने भएपछि विषादीरहित तरकारीखेती गर्दै आएको तामाजोरका कृषक युुवराज खड्का बताउँछन्। उनका अनुुसार गाउँका प्रायः सबै कृषक विषादीरहित तरकारीखेतीमा लागेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.