तमिलनाडुकी अनुकृति भास बनिन् मिस इन्डिया
नयाँ दिल्ली : तमिलनाडुकी अनुकृति भासले 'फेमिना मिस इन्डिया २०१८' को ताज हात पारेकी छिन्। त्यस्तै हरियाणाकी मीनाक्षी चौधरी फस्ट रनर अफ र आन्ध्र प्रदेशकी श्रेया रावले सेकेन्ड रनर अफको उपाधि हात पारेका छन् ।
मंगलबार मुम्बर्इमा भएको कार्यक्रममा २९ प्रतिस्प्रधीलाई पाखा लगाउँदै १९ वर्षीया अनुकृतिले मिस इन्डियाको ताज चुम्न सफल भएकी हुन्। अब आकृर्तिले विश्व सुन्दरी प्रतियोगितामा भारतको तर्फबाट प्रतिनिधत्व गर्नेछिन्। यसभन्दा अघि अनुकृतिले 'फेमिना मिस तमील नाडु' को ताज जितिसकेकी छन्।
कार्यक्रमा अभिनेत्री माधुरी दीक्षित, करिना कपुर र जैकलिन फर्नाडिसले नृत्य प्रस्तुत गरेका थिए।
अनुकृतिलाई पूर्वमिस इन्डिया मानुषी छिल्लरले ताज पहिराएकी हुन्। अनुकृति एक प्रोफेसनल खेलाडी तथा डान्सर पनि हुन्।उनले आमाको सपना पूरा गर्न फ्रेन्च भाषा पढ्दै गरेको बताएकी छिन्।उनी हाल लोयोला कलेजमा फ्रेन्च भाषा लिएर बीए दोस्रो वर्षमा पढ्दै छिन्। अनुकृति भविष्यमा सुपर मोडल बन्न चाहिन्छन्।
को हुन् आकृति
तमिलनाडुकी आकृति चेन्नईको लोयोला कलेजमा पढ्दैछिन्।आफूलाई सामान्य बताउने उनी भ्रमण गर्न र नाच्न मन पराउँछिन्।उनले मिस इन्डियाको ताज हात पारेपछि एक अन्तरर्वातामा भनेकी छिन ,' म तमिलनाडुको सहरमा हुर्केकी हुँ, जहाँ महिलालाई स्वतन्त्रता छैन।त्यहाँका महिला बेलुका छ बजेपछि घरबाट बाहिर निस्कन पाउँदैनन्।त्यसैले म त्यो समाजको पूर्ण विरोध गर्दै आएकी छु।'
उनले भनेकी छिन्, 'महिलालाई समाजले गरेको भेदभावको अन्त्य गर्न मिस इन्डियामा भाग लिन आएकी हुँ।ताज चुम्न सफल भएँ।मैले बन्धन तोडे पनि मजस्तै बन्धनमा रहेका दिदीबहिनीलाई बाहिर निकाल्न चाहन्छु।'
खेलाडी समेत रहेकी अनुकृति घुम्न मन पराउँछिन्।मौका मिल्यो भने हिमाचल प्रदेश घुम्न जाने योजनामा रहेको उनले बताएकी छिन्।