खुल्ने भयो खासा नाका, रसुवागढी र तातोपानीमा दुई पुल चीनले बनाइदिने

खुल्ने भयो खासा नाका, रसुवागढी र तातोपानीमा दुई पुल चीनले बनाइदिने

काठमाडौँः चीनले तीन वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको खासा नाका खोल्न सहमति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिहीबार राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा भएको वार्तापछि चीनले यस्तो सहमति जनाएको हो । 

ओली र चीनका समकक्षी ली खछ्याङबीचको प्रतिनिधिमण्डलसहितको वार्तापछि खासा नाका खोल्ने समझादारी पत्र आदान प्रदान भएको हो । 

२०७२ वैशाख १२ को भूकम्पपछि चीनले असुरक्षाको कारण जनाउँदै तातोपानी नाका बन्द गरेको थियो । चीनले तातोपानी नाकाबाट अवैध रक्तचन्दन तथा सुन तस्करी र दलाई लामा समर्थकको गतिविधिले सुरक्षामा असर पार्ने भन्दै खोल्न अस्वीकार गर्दै आएको थियो । 

तर ओलीको भ्रमणका क्रममा चीन र नेपालबीच तातोपानी नाका खोल्ने समझदारी पत्र पनि आदानप्रदान भएको छ ।

दुई पुल पनि बनाइदिने

दुई पक्षबीचको वार्तापछि चीनले नेपालसँग जोडिएका दुई पुल पुनःनिर्माण गरिदिने समझारी पत्रमा पनि आदानप्रदान भएको छ । सिन्धुपाल्चोकको खासा र रसुवागढीमा दुई मैत्री पुल पुनर्निर्माण सम्झौतामा परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ उपविदेशमन्त्री कङबीच हस्ताक्षर भएको हो । 

चीनले यी दुई पुल बनाइदिने गरी पठाएको प्रस्तावलाई नेपालले यसअघि नै स्वीकार गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.