सई ऐडीविरुद्ध विशेष अदालतमा आरोपपत्र
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंका प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो २४ हजार र सोहीबराबर जरिवाना माग दावीसहित बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
अभियुक्त ऐडीले व्यवसाय सञ्चालन गरेवापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।