देवराज र निलिमा सेमिफाइनलमा

देवराज र निलिमा सेमिफाइनलमा

काठमाडाैं : देशकै बृहत् अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको प्रदेश ७ स्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि धनगढीमा सुरु भएको छ। प्रतियोगिताको प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गरे। प्रदेश ७ का प्रमुख मल्लले स्वास्थ्य र राष्ट्रका लागि खेलकुद महत्वपूर्ण भएकाले राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

शुक्रबार विभिन्न ४८ खेल भएका छन्। प्रतियोगिताका प्रमुख रेफ्री उदय अर्यालका अनुसार पहिलो दिन सबै विधाका पहिलो र दोस्रो चरणका खेल सम्पन्न भएका छन्। यु–१९ पुरुष एकलको सेमिफाइनल समीकरण पूरा भएको छ।

शुक्रबार भएको खेलमा कैलालीका देवराज रानाले कञ्चनपुरका सौरभ बमलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए। उनले क्वार्टरफाइनलमा २१–७, २१–९ को जित निकाले।

यस्तै कञ्चनपुरका प्रकाश चन्दलाई २१–१३, २१–१५ को अन्तरमा पराजित गर्दै जेबी साउदले सेमिफाइनलको यात्रा तय गरे। अर्को खेललमा कैलालीका योगेश खड्काले आफ्नै जिल्लाका रोशन साउदलाई २–१ को सेटमा पराजित गरे। यसैगरी कैलालीका अमृत चौधरीले पनि सेमिफाइनलमा स्थान बनाउन सफल भए। उनले कञ्चनपुरका विवेक चौधरीलाई २१–१०, २१–८ को सेटमा पराजित गरे। पुरुष डबल्समा शुक्रबार भएका १८ खेलमा आठ जोडीले क्वार्टरफाइनलमा स्थान बनाए। कैलालीका शैलेन्द्र श्रेष्ठ र राजेन्द्रबहादुर बम, कञ्चनपुरका सुनिल ओझा र नन्दराम भट्ट, कैलालीका केशव बडुवाल र हिक्मत गुरुङ, कैलालीकै बच्चु चौधरी र श्याम चौधरी, कञ्चनपुरका रामचन्द्र रेग्मी र आकाश डगौरा, कैलालीकै सुरेन्द्र कार्की र प्रकाश चन्द, कैलालीकै थानेश्वर बोहोरा र सुरेन्द्र भट्ट तथा कैलालीकै सुरेश बम र केशव भट्टको जोडी क्वार्टरफाइनल पुगे।

यु–१९ महिला एकलमा कञ्चनपुरकी निलिमा महराले कैलालीकी मोयोमा तामाङलाई २१–११, २१–१२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन्। अर्को खेलमा कैलालीकी प्रिसा शर्माले विमला ओझालाई हराउँदै सेमिफाइनलमा स्थान बनाइन्। कैलालीकै एलिना तिरुवाले हेमा ऐरलाई २१–११, २१–४ को सेटमा पराजित गर्दा कञ्चनपुरकी विष्णा विष्टले कैलालीकी प्रियान्सी बमलाई २१–१४, २१–१४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.