चट्याङ्ग लागेर खेतमा दाल टिपिरहेकी महिलाको मृत्यु
राजविराज : सप्तरीमा सामान्य वर्षासँगै शनिबार बिहान परेको चट्याङ्ग लागेर खेतमा काम गरिरहेकी एक महिलाको मुत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।
खेतमा मुंगको दाल टिपिरहेकी विष्णुपुर गाउँपालिका ६ गोरगम्माकी ५० वर्षीया केशरीदेवी यादव चट्याङ्गमा परी खेतमा मृत फेला परेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, गोरगमाले जानकारी दिएको छ ।
यादवको मृत्युसँगै उनकी बुहारी २५ वर्षीया रिन्कु यादव बेहोस भएकी छिन् । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय नजिकै भएको घटनालगत्तै पुगेका सशस्त्रका एसपी खेमबहादुर थापाले बेहोस महिलालाई उद्धार गरी अस्पताल पठाएको बताए ।
रिन्कुको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।