खानेपानीको चरम अभाव

खानेपानीको चरम अभाव

तुलसीपुर : दाङमा खानेपानीको हाहाकार भएको छ। बढ्दो गर्मीले एकातिर पानीका मुहान सुक्न थालेको छ भने अर्कोतिर पानीको माग बढ्दो छ। गर्मीमा पानीका मुहान ५० प्रतिसत सुकिसकेको र माग बढिरहेकाले खानेपानीको हाहाकारा देखिएको खानेपानी जिल्ला सञ्चालन समितीका अध्यक्ष खेमराज वलीले बताए। ‘बढदो गर्मीले पानी आपुर्तीमा समस्या देखाएको छ’, उनले भने, ‘समयमा पानी नपरेपछि भएका मुहान सुक्न थालेकाले खानेपानी पाउन कठिन भएको छ।’

पानीको स्रोत संरक्षणमा दीर्घकालिन योजना र सोच नहुदा बर्सेनी खानेपानीको हाहाकार हुने गरेको अध्यक्ष वलीको भनाइ छ। गर्मि मौसम शुरु भएपछि गाउँमा भएका कुवामा पानीको सतह घटदै गएको छ भने खोला पनि घट्दै गएको छ। माघदेखि साउनसम्म जिल्लामा खानेपानीको चरम समस्या देखिने गरेको घोराही खानपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष देवीबहादुर डिसीले बताए।

जिल्लामा खानेपानी योजनाका लागि झण्डै ३ अर्ब रुपैयाँ लगानी भएको छ। तर ती आयोजनाबाट माग धान्ने पानी आउन सकेको छैन। तुलसीपुर उपमहानगरपालिका ६ की मनिता विकले खानेपानीको हाहाकार हुँदा खोला खोल्सा धाएर पानी खोज्नु परेको बताइन्। स्थानीय रमा पाण्डेले बिहानको समय पिउने पानी खोज्दैमा वित्ने गरेको दुखेसो पोखिन्। छिमेकीको कुवाको पानीको भरमा दैनिकी चलाउनु परको उनको भनाइ छ।

ग्रामिणभन्दा सहरी क्षेत्रमा उपभोक्तालाई पानी पु¥याउन गाह्रो भएको छ। ‘विगत वर्षमा खोलामा चैत, बैशाखसम्म पानीको वगिरहनथ्यो’, स्थानीय विष्णु शर्माले भने, ‘केही वर्ष यता खोलामा पनि पानीको कम हुन थालेको छ।’ खोलामा जथाभावी उत्खनन् हुनु, वढदो औद्योगिकरण, अव्यवस्थीत वसोवास, वन विनासले पानीको श्रोत घट्दै गएको सरोकारवालाले बताएका छन।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार ४५ प्रतिसत जनसंख्या खानेपानीको पहँुचभन्दा बाहिर छ। जिल्लामा बसोबास गर्ने २ लाख ७५ हजार नागरिकमा शुद्ध खानेपानीको सुविधा नभएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ। दाङमा दैनिक तीन करोड लिटर पानी आवश्यक पर्छ तर अहिले जिल्लामा २ करोड लिटरमात्रै आपूर्ति भएको छ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर तिलक न्यौपानेले पाइप लाइनबाट ५० प्रतिसतले खानेपानी पाएको छन्। त्यस्तै कुवा र ट्युवेल इनार प्रयोग गरेर २५ प्रतिसत नागरिकले पानीको आपुर्ती गरिरहेको भए पनि सहज रुपमा ५५ प्रतिशतले मात्रै शुद्ध खानेपानी पाइरहेको वताए। जिल्लामा अहिले सम्म सरकारी तथा गैर सरकारी संघसंस्थाको सहयोगमा ३ सय ५० खानेपानी योजना निमार्ण भएका छन्।

यता, तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको हाहाकार हुन थाले पनि मुहान संरक्षण तथा उपभोक्तामा नियमन गर्न थालेको छ। पानीको समस्या हुन थालेपछि नीजि धारामा मोटर लगाएर पानी तान्न बन्द गरेको छ। मोटर लाउनेमाथि कारबाही थालिएको संस्थाका अध्यक्ष खेमराज वलीले जानकारी दिए।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.