नानीबाबुसँग विनय कसजुका मनका कुरा

नानीबाबुसँग विनय कसजुका मनका कुरा

विनय कसजुु

 हाम्रा बुुुुवाका चार दाजुुुुभाइमध्ये दुुईजना पाल्पाबाट रिडी सरेर व्यापार गर्नुुुुहुुन्थ्यो । रिडीबाट भगवतीको जात्रा हेर्न आमा पाल्पा आएका बेला कृष्णाष्टमीका दिन मेरो जन्म भएछ । हाम्री आमा धर्मकर्ममा विशेष चाख राख्नुुुुहुुुुन्थ्यो । यसको प्रभाव ममा पनि सानैदेखि परेको थियो । उहाँ कविरको दोहा, हनुुमान चालिसा, तुुलसीकृत रामायणका श्लोक वाचन गरिरहनुुुुहुुन्थ्यो । म दिनहुुुुँ कालीगण्डकीमा नुुहाउने, मन्दिर जाने, व्रत बस्ने र धार्मिक किताब पढ्ने गर्थें ।

रिडीमा जोगीहरूसँग मेरो संगत भयो । त्यस बेला मुुुुक्तिनाथ जाने आउने जोगीहरू रिडीमा बास बस्ने र धार्मिक गतिविधि गर्ने गर्थे । म त्यहाँ नियमित आउजाउ गर्न थालेँ । पछि धार्मिक कथाहरू पढ्न थालेपछि परोपकार र सेवामा चासो लाग्न थाल्यो । विस्तारै परोपकार नै धर्म हो भन्ने कुुरा पनि बुुझेँ । त्यस बेलादेखि नै पुुुुराण उपनिषद् जस्ता ठूला ग्रन्थ पढ्न औधी मन लाग्न थाल्यो मलाई ।

हामी केटाकेटी हुुँदा दलाई लामा तिब्बतबाट भागेका थिए । उनका समर्थकहरू भने रिडी हुुँदै भागेका थिए । उनीहरूका साथमा गोली लागेका घोडाहरू पनि थिए । बुुवाले पनि उनीहरूसँग एउटा घोडा किन्नुुभएको थियो । म काठमाडौं नगएसम्म उक्त घोडा मेरो साथीजस्तै भयो । एकपटक जन्ती जाँदा सोही घोडा लिएर गएको थिएँ । धेरैले घोडा चढ्न मागे तर मैले दिइनँ । म जन्तीमा सबैभन्दा पछाडि थिएँ । बडिघाट खोलाको पुुुुलमा अगाडिका घोडाहरू जान मानेनन् । सबैजना अलमलमा थिए । त्यसपछि मैले मेरो घोडा लिएर पुुलबाट सजिलै तरेँ । त्यसको पछिपछि अरू घोडा पनि सरासर आए । यो घटनाले म निकै खुुसी भएँ ।

केटाकेटी हुुँदा चकचक गरेको उपद्रो गरेको अनुुुुभव मसँग खासै छैन । एकपटक दसैंको समयमा बोका चराउन लैजाँदा बोकाले हानेको दाग अझै छ । चंगा उडाउँदा धागोले काटेको पनि सम्झना आइरहन्छ ।

मेरो माध्यमिक तहको पढाइ काठमाडौंको फर्पिङबाट भयो । त्यहाँ कवि धरणीधर कोइराला प्रिन्सिपल हुुुुनुुहुुन्थ्यो । उहाँ र नेपाली शिक्षक फणिन्द्र खेतालाको संगतले मैले पनि साहित्यमा रुचि राख्न थालेँ । खेताला नाइट ड्युुटीका क्रममा आउँदा राति ओछ्यानमै मेरो लेखन हेरेर प्रोत्साहनसमेत दिनुुुुहुुन्थ्यो । एसएलसी दिएर रिडी फर्किएपछि अवैतनिक शिक्षकका रूपमा काम गरेँ ।

वनारस पढ्न जाँदा जोगीहरूको संगत बढेर गयो । उनीहरूको दुुष्प्रभाव ममा पर्दै गयो । विस्तारै मैले उनीहरूका खराबी बुुुुझेँ । त्यहाँ विभिन्न खाले अनैतिक कामसमेत भएको देखेँ । महिला माथिको यौनशोषण, दुुुुव्र्यवहार देखेपछि एकाएक वितृष्णा पैदा भयो ।

त्यसपछि मैले कमलापति त्रिपाठीको ‘पत्र और पत्रकारिता’ भन्ने किताब पढ्ने मौका पाएँ । त्रिपाठी पछि उत्तर प्रदेशका मुुुुख्यमन्त्री र केन्द्रीय सरकारका रेलमन्त्रीसमेत भए । उक्त किताबले मलाई ठूलो प्रभाव पार्‍यो । म एकाएक पत्रकारितामा आकर्षित भएँ । त्यसपछि राहुुल सांकृत्यायनको किताब ‘साम्यवाद ही क्युुँ’ पढेपछि कम्युुनिस्ट विचारप्रति आकर्षित भएँ । यी दुुुुईवटा किताबले मलाई युुुु टर्न गराए ।

वनारसमा आईएको जाँच दिने तयारी गर्दागर्दै २०२४ सालमा बुुुुवा बित्नुुुुभयो । म फर्किएर पढाउन थालेँ । त्यस बेला म २० वर्षको मात्रै थिएँ । म नागरिकशास्त्रबाहेक सबै विषय पढाउँथे । त्यति बेलै एउटा मुुद्दाको विषयलाई लिएर प्रधानपञ्चले राजीनामा दिए । बाँकी एक वर्षको कार्यकालका लागि सर्वसहमतिबाट मलाई प्रधानपञ्च बनाइयो ।

 केटाकेटी हुुँदा चकचक गरेको उपद्रो गरेको अनुुुुभव मसँग खासै छैन । एकपटक दशैंको समयमा बोका चराउन लैजाँदा बोकाले हानेको दाग अझै छ । चंगा उडाउँदा धागोले काटेको पनि सम्झना आइरहन्छ ।

क्षयरोगबाट थलिएका जेठा दाइको निधन भएपछि म अचानक पाल्पा फर्किएर दाजुुको व्यापार सम्हाल्न थालेँ । त्यसपछि निरन्तर २६ वर्षसम्म पाल्पामै बसेर पत्रकारिता र साहित्यिक गतिविधिमा सहभागी भएँ । गुुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाका साहित्यकारका किताब पनि आफ्नै छापाखानामा छाप्ने अवसर प्राप्त भयो । २०२८ सालदेखि निस्कन थालेको श्रीनगर पत्रिका निकै चर्चित थियो । पछि देउराली पत्रिका पनि प्रख्यात भयो ।

भाइबहिनीले मुुख्य कुुरा पढ्नमा ध्यान दिनुुुुपर्छ । हरेक विषयमा चासो गर्नुुुुपर्छ । कोर्सका किताब पढेर मात्र केही सिकिँदैन । पढ्ने बानी विद्यार्थी कालमै लगाउनुुपर्छ । मैले पनि एसएलसी दिनुुभन्दा अगाडि नै शरदचन्द्र चक्रवर्ती, प्रेम चन्द, टेगोरका किताब पढ्ने मौका पाएको थिएँ । विद्यालयमा रहेको लाइब्रेरीले मेरो पढ्ने लतलाई सघाएको थियो । मैले बेस्ट ब्वाइको उपाधि पाएर तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्टको हातबाट पुुुुरस्कार पनि पाएको थिएँ ।

अहिले पढ्न सजिलो भएको छ । किताब किन्न पसल चहारिराख्नुुुु पर्दैन । पढ्ने माध्यम फेरिएको छ । डिजिटल माध्यमबाट पढ्न सजिलो भएको छ । त्यसकारण भाइबहिनीले सामाजिक सञ्जालमा भुुलिएर बस्ने, गेम खेलेर समय बर्बाद गर्नुुको सट्टा डिजिटल किताब पढ्न, वेब साइटको प्रयोग गर्नुुुु राम्रो हुुन्छ । नेपालीमा पनि साझा शिक्षा इपाटीले झन्डै तीन हजार किताब वेबसाइटमा राखेको छ ।

हिजोआज बजारमा जति काम आएका छन्, ती १० वर्षअघि कल्पना पनि गरिएका थिएनन् । अबको १० वर्षपछि पनि आजको काम पुुुुरानो हुुन्छ । विषयवस्तुुुु मात्रै सिक्नेभन्दा पनि नयाँ प्रविधि कसरी सिक्ने भन्ने कुुुुरा महŒवपूर्ण हुुन्छ । हामीले नयाँनयाँ काम गर्न खोज्नुुुुपर्छ । हिजोआज रोबर्टले पनि गर्न नसक्ने काम के हुुन सक्छ भनेर सोच्ने बेला आएको छ । किताब पढेपछि लेख्ने बानी गरिएन भने त्यसै हराएर जान्छ ।

(बालसाहित्यकार विनय कसजुुुुसँग समीरबाबुु कट्टेलले गरेको कुुराकानीमा आधारित ।)

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.