‘मेरै घर मेरो मञ्च’ मा नाटक

‘मेरै घर मेरो मञ्च’ मा नाटक

काठमाडौं : संसारभरि फैलिएको कोरोना भाइरसका कारण लगभग संसारका मानिस सबै भयकम्पित छन्। नेपाल पनि यसको असरबाट पर रहन सकेन। विद्यालय समयअगावै बन्द भए। एसईई परीक्षानै स्थगित भयो। मानिस आ–आफ्ना गाउँ फर्किए। केही बालबालिका मामाघर गए। 

सरकारले लकडाउन घोषणा गर्याे। सबैजना घरभित्रै बसिरहेका छन्। घरभित्र बस्दा बस्दा थकान, दिग्दारीको अवस्था सिर्जना भएको छ। खेलिरहनु पर्ने, उफ्रिरहनु पर्ने बालबालिकालाई झन् के भयो ?उनीहरू कोठाभित्रै कसरी बसिरहेका होलान् ?यही अवस्थालाई मध्यनजर गर्दै स्कुल थिएटर नेपाल र लालाबालाले ‘मेरै घर मेरो मञ्च’ छोटा नाटकहरूको महोत्सव घोषणा गर्याे। 

जसमा बालबालिकाले आफ्नै घरमा बसेर, घरको कौसी, कोठा, बेड, छाना जहाँ सम्भव हुन्छ त्यहीँ जे उपलब्ध हुन्छ त्यही सरसामानसँग नाटक बनाउनु पर्ने हुन्छ। नाटकमा अरू परिवारमा सदस्यहरूले पनि अभिनय गर्न सक्नेछन्। नाटक अवधि ३ मिनेटदेखि ५ मिनेटसम्मको हुनु पर्नेछ। ‘जानकारी फेसबुकमा देख्नेबित्तिकै धेरै बालबालिका उत्साहित भए।नाटक बनाउन सुरु गरे।हामीले करिब ३० वटा नाटक प्राप्त गरेको छौं’, स्कुल थिएटर नेपालका संस्थापक निर्देशक टंक चौलागाईंले भने। 

उनका अनुसार, विशाल न्यौपाने र तिर्सना पान्डेले गुल्मीबाट, कश्यप ज्ञवालीले पाल्पाबाट, दिब्बेस पौडेलले बुटवलबाट, सविना विश्वकर्माले दमकबाट, सम्पन्न दाहालले गोर्खाबाट, अविरल काफ्लेले सुनसरीबाट, गरिमा विश्वकर्माले गाईघाटबाट, क्विनचम जोशी, प्रसन्न हुमागाई, सिजन बस्नेत, शुभेच्छा तिमल्सिना, अञ्चित ढुंगाना, आभा खड्का, रिजुल ओझा, साध्या भट्ट, सुविज्ञराज खरेल, सुयशा खनाल, आरेम श्रेष्ठ, सुरभी बर्तौला आदि बालबालिकाले उपत्यकाबाट नाटक पठाएका छन्।

‘बालबालिकासँग अभिभावकले मज्जाले अभिनय गरेका छन्।यी नाटक लालाबालाको फेसबुक पेजमा हेर्न सकिने छ। ती नाटकबाट उत्कृष्ट पाँचवटा नाटक छान्नेछौं’, चौलागाईंले भने।उनका अनुसार, निकै धेरै अभिभावक पनि उत्साहित छन्। 

उपत्यका बाहिरबाट धेरै नाटक आएका छन्। श्रीलंकाबाट पनि नाटक प्राप्त भएको छ। प्राप्त भएका नाटकलाई हरेक दिन बिहान बेलुका एक एकवटा नाटक पोस्ट गरिने उनको भनाइ छ।
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.