कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा
काठमाडौं : कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ। कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउवा पर्वको अवसरमा साउन १ गते बिदा दिने निर्णय गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा रहने जनाएको हो।
कार्यालयका अनुसार प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो।
सोही निर्णय कार्यान्वयनका लागि सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई जानकारी गराउन सूचना प्रकाशित गरिएको हो।
प्रतिक्रिया दिनुहोस !