भारतले बनाइदिएको आईसीपी भवन अढाई महिनामै चुहियो

भारतले बनाइदिएको आईसीपी भवन अढाई महिनामै चुहियो

 वीरगन्ज : भारत सरकारले पर्साको वीरगन्जस्थित अलौ सिर्सियामा बनाइदिएको एकीकृत जाँच चौकी (आईसीपी)को मुख्य भवन र गोदाम सञ्चालनमा आएको साढे दुई महिना नबित्दै चुहिन थालेको छ ।

नेपाल-भारत आयात-निर्यात कारोबारमा सहजता ल्याउने उद्देश्यले भारत सरकारले १ अर्ब ३९ करोड भारु लागतमा उपहारस्वरूप आईसीपी बनाइदिएको हो । भारतले नेपाल इन्टर मोडल यातायात विकास समितिलाई हस्तान्तरण गरेको आईसीपी गत चैत २४ गते सञ्चालनमा आएको थियो ।

वर्षायाम सुरु भएलगत्तै छतबाट पानी चुहिन थालेपछि काम गर्न समस्या भएको आईसीपीका कर्मचारीले बताएका छन् । पानी चुहिन थालेपछि कार्यालयमा बसेर काम गर्न र गोदाममा सामान भण्डारण गर्न समस्या भएको इन्टर मोडेल यातायात विकास समितिको आईसीपी कार्यालय प्रमुख हेमेन्द्रमोहन शाहीले बताए ।

आईसीपीको भौतिक संरचना भारतीय कम्पनी केएस सफ्टनेट्स सोलुसन प्रालिले निर्माण गरेको थियो । भारतीय ठेकेदारले गुणस्तरीय काम नगरेकै कारण आइसीपीको मुख्य भवन र गोदाममा सामान्य वर्षामै पानी चुहिन थालेको जनाइएको छ ।

‘भवन निर्माण तथा अनुगमनको जिम्मा भारतीय पक्षकै थियो । हामीलाई भूमिकाविहीन बनाइएको थियो, जसको परिणाम अहिले देखापरिरहेको छ ।’
-सुरेश वाग्ले, प्रमुख, सहरी विकास तथा भवन निर्माण डिभिजन

मुख्य भवन र गोदामको छत चर्किएर चुहिन थालेपछि मर्मतका लागि ठेकेदार कम्पनीलाई आग्रह गरिए पनि ध्यान नदिएको शाहीको गुनासो छ । ठेकेदार कम्पनीका परियोजना प्रबन्धक सुभासचन्द्र दासले भने परियोजनाको डिजाइनमा लापरवाहीका कारण अहिले चुहिने समस्या देखिएको बताए । ‘काम गुणस्तरमा कुनै तल-माथि भएको छैन’, उनले भने, ‘अहिले चुहिने समस्याको कारण भनेको परियोजनाको डिजाइनमै लापरवाही हो, मुख्य भवनको छत र गोदाममा देखिएको समस्या चाँडै समाधान गरिनेछ ।’

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख सुरेश वाग्लेले आईसीपीको भौतिक संरचा निर्माणका क्रममा ठेकेदार पक्षले गुणस्तरलाई गम्भीतापूर्वक नलिएका कारण चुहिने समस्या देखापरेको बताए । ‘भवन निर्माण तथा अनुगमनको जिम्मा भारतीय पक्षकै थियो’, उनले भने, ‘ हामीलाई त्यस बेला भूिमकाविहीन नै बनाइएको थियो, जसको परिणाम अहिले देखापरिरहेको छ ।’ भवन हस्तान्तरण गर्ने बेला मापदण्डअनुसार भए÷नभएको अनुगमन नगरिएको उनको भनाइ छ ।

 वीरगन्जको अलौ सिर्सियास्थित आईसीपीको मुख्य भवनको चर्किएको छत । क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.