५१८६ उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण

५१८६ उम्मेदवारले अझै बुझाएनन्  निर्वाचन खर्च विवरण

राजविराज : तेस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको नौ महिना बिते पनि सप्तरीबाट जनप्रतिनिधि बनेका अधिकांशले खर्च विवरण बुझाएका छैनन् । निर्वाचनको अन्तिम नतिजा आएको ३० दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । तर, अधिकांशले अहिलेसम्म खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

निर्वाचन कार्यालयको तथ्यांकअनुसार स्थानीय तह निर्वाचनतर्फ ५ हजार ८१ जनाले अझै खर्च विवरण बुझाएका छैनन् । नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका ४ सय ४८ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी दिलिीपकुमार यादवले बताए । सप्तरीमा स्थानीय तहको जनप्रतिनिधि बन्न चाहनेको संख्या ५ हजार ५ सय २९ थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ २७ र प्रदेशसभा निर्वाचनतर्फ ७८ जनाले खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ ५२ र प्रदेशसभातर्फ सय जनाले उम्मेदवारी दिएका थिए ।

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभामा गरी ५ हजार ६ सय ८१ उम्मेदवारमध्ये ५ हजार १ सय ८६ उम्मेदवारले अझै खर्च विवरण नबुझाएका हुन् । निर्वाचन कार्यालयमा बुझाइएको कतिपय खर्च विवरणसमेत बिल भरपाइसहित तोकिएको ढाँचामा नरहेको कर्मचारीले बताएका छन् ।

‘आयोगको छुटले उल्लंघन बढ्दो’

निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयकै उदासीनताका कारण निर्वाचन ऐन वा आचारसंहिता मान्न दल तथा उम्मेदवार बाध्य नभएको नागरिक समाजले जनाएको छ । आचारसंहिता उल्लंघनका सयौं घटना भए पनि कारबाहीमा कोही नपरेको तथ्यले ऐन, नियम मिच्ने प्रवृत्ति बढेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए । विगतका निर्वाचनमा पनि खर्च विवरण नबुझाउने कसैलाई कारबाही नभएको उल्लेख गर्दै नागरिक सञ्जालका रामकुमार यादवले भने, ‘नियम, कानुन पालनामा आयोगले छुट दिँदै गएकाले कानुन उल्लंघनको प्रवृत्ति बढ्दै गएको छ ।’

तोकिएको समयभित्र खर्च विवरण नबुझाउनेलाई जरिवाना गरे मात्र पनि गलत प्रवृत्तिमा ह्रास आउने र चुनावमा देखिएको विकृति कम हुँदै जाने उनीहरूको ठहर छ ।

निर्वाचन आयोग ऐन २०७३ मा हदभन्दा बढी खर्च गर्ने वा ३० दिनभित्र खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई जरिवाना गर्न सक्ने व्यवस्था छ । निर्वाचन खर्च विवरण पेस नगरे वा पेस भएको विवरण अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिए आयोगले ५ लाखसम्म जरिवाना गर्न सक्नेछ । जरिवाना ६ महिनासम्म नबुझाउने दल वा उम्मेदवारलाई आयोगले तत्काल लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ । यो निर्णय भए निर्वाचित व्यक्तिको निर्वाचन स्वत: बदर हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.