गाडी चलाउन पाएपछि महिला खुशी

गाडी चलाउन पाएपछि महिला खुशी

रियाद : साउदी अरेबियाका महिलाहरूले आफैं सवारीसाधन चलाउन पाउने भएपछि आइतबार खुशी मनाएका छन् ।शनिबार मध्यरातमा शाही घोषणामार्फत महिलाले पनि सवारीसाधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरूसँगै विश्वभरकै महिलाले खुशी व्यक्त गरेका छन् । 

महिलाहरूलाई सवारीसाधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरेबिया बाँकी थियो । साउदीमा पनि महिलाहरूलाई सवारीसाधन लगाउन पाउने व्यवस्थालाई धेरैले एउटा महत्वपूर्ण घटनाको रूपमा लिएका छन् । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीवादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताएका थिए ।

 सवारीसाधन चलाउने अनुमति पाएसँगै राजधानी रियाद सहितका प्रमुख शहरमा महिलाहरूले बिहानैदेखि सवारीसाधन चलाउन थालेका छन् । ‘मलाई यो दिन आउँछ भन्ने पहिल्यै थाहा थियो तर सोचेभन्दा केही चाँडो आयो’, समर अल्मोग्रेनले भनन् ि।

यो व्यवस्थासँगै आकाशमा उड्ने चराजस्तै निकै ठूलो स्वतन्त्रताको महसुस गरेको उनको भनाइ छ । झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ । यहाँ यसै महिनाको शुरुमा पहिलोपटक महिलाको नाममा चालक अनुमतिपत्र जारी गरिएको थियो । महिलालाई सवारी चलाउन दिने घोषणा भने गत वर्ष सेप्टेम्बर महिनामा नै गरिएको थियो । त्यसपछि यहाँका महिलालाई सवारी अनुमतिपत्रका लागि तालिम दिन शुरु गरिएको थियो । 

महिलाहरूले सवारीसाधन चलाउन पाउनुपर्ने मागसहित अधिकारवादीहरूले लामो समयदेखि साउदीमा अभियान चलाइरहेका थिए । अनुमति नभएको समयमा पनि महिलाले सवारी चलाएको भन्दै सन् १९९० मा साउदी अरेबियाको शहर रियादबाट दर्जनौँ महिला पक्राउ परेका थिए । साउदीको विद्यमान कानुनअनुसार यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानुनमा संशोधन गरी युवराजले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् ।

 नयाँ अधिकार पाएसँगै कैयौँ महिलाले सवारीसाधन चलाउने तालिम लिएका र चालक अनुमतिपत्र लिएका छन् । अमेरिकालगायत विश्वका देशहरूले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् । उनीहरूले राजाको यो कदमले साउदी अरेबियाका महिलाले केही मात्रामा भए पनि अधिकार प्राप्त गरेको विश्वका विभिन्न देशका महिला अधिकारकर्मी तथा संघसंस्थाहरूले जनाएका छन् ।

एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.