१५ स्थानीय तहमा गाउँ÷नगरसभा भएन

१५ स्थानीय तहमा गाउँ÷नगरसभा भएन

 गौर : रौतहटका १८ स्थानीय तहमध्ये तीन नगरपालिकाले मात्र आइतबार नगरसभा सम्पन्न गरेका छन् । गौर, परोहा र मौलापुर नगरपालिकाले मात्र आइतबार नगरसभा सम्पन्न गरेका हुन् । स्थानीय तह सञ्चालन ऐनमा असार १० गते नगर तथा गाउँसभा गर्न नसके १५ दिनभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

आइतबार साँझसम्म तीन नगरपालिकाले मात्र नगरसभा सम्पन्न गरेको जानकारी आएको जिल्ला समन्वय समिति रौतहटका आन्तरिक लेखा अधिकृत कृतिराज सुवेदीले जानकारी दिए । चन्द्रपुर, वृन्दावन, गुजरा, फतुवा विजयपुर, राजदेवी, गढीमाई, गरुडा, बौधीमाई, राजपुर, देवाहीगोनाही, कटहरिया, इशनाथ, माधवनारायण नगरपालिका र यमुनामाई तथा दुर्गाभगवती गाउँपालिकाको सभा हुन नसकेको हो ।

राजपुरमा प्रमुख अतिथिको समय अभावका कारण १५ गतेलाई सारिएको मेयर शेष वकिलले जानकारी दिए । नगरसभामा प्रतिनिधिसभाका सांसद मो. अफ्ताब आलमलाई निम्तो गरिएको छ । कटहरियामा मौसमअनुकूल नभएका कारण आइतबार नगरसभा रोकिएको छ । राजदेवीमा सोमबार बैठक बसी सभाको मिति टुंगो लगाइने उपमेयर अंशु सिंहले जानकारी दिइन् । चन्द्रपुरमा नगरसभाको तयारी भरहेको कार्यकारी अधिकृत सुरेश दाहालले जानकारी दिए । गुजरामा असार २५ गते सभा गर्ने तयारी छ भने फतुवा विजयपुरमा मेयर र उपमेयरबीच विवादका कारण नगरसभा अन्योलमा छ ।

दुर्गाभगवतीमा असार २० गतेभित्र सभा गर्ने तयारी रहेको गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले बताए । यमुनामाईमा कार्यकारी अधिकृत नभएका कारण गाउँसभा गर्न ढिलाइ भएको अध्यक्ष श्रीप्रसाद मुखियाले सुनाए ।

१५ स्थानीय तहले असार मसान्तसम्ममा सभा सम्पन्न गर्ने तयारी गरिरहेको आन्तरिक लेखा अधिकृत सुवेदीले बताए । असारसम्म नगर÷गाउँसभा सम्पन्न नगरे साउनदेखि खर्च गर्ने बजेट पेस्की विधेयकबाट ल्याउनुपर्ने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.