बढ्दो हवाई चाप, तोकिएकै ठाउँमा पार्किङ अनिवार्य

बढ्दो हवाई चाप, तोकिएकै ठाउँमा पार्किङ अनिवार्य

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप थेग्न सरकारले असार १७ गतेदेखि जहाजको अप्रेटिङ बेस (रात्रिकालीन वि श्राम) तोकिएको ठाउँमा मात्र गर्र्न एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा बढ्दो एयर ट्राफिक समस्या न्यूनकरण गर्न रात्रिकालीन बेस अनिवार्य गर्न लागेको हो। आन्तरिक उडान गरिरहेको बुद्ध, श्री, तारा, समीट (गोमा), सीता र मकालु एयरलाइन्सका केही जहाजको अप्रेटिङ बेस काठमाडौं उपत्यकाभन्दा बाहिर हुने गरी अनुमति दिइएको छ।

तर, अधिकांश एयरलाइन्सले अप्रेटिङ बेस तोकिएको ठाउँबाट नगर्दा विमानस्थलमा हवाई चाप बढ्नुको साथै पार्किङमा समस्या आएको विमानस्थल कार्यालयले जनाएको छ। प्राधिकरणले पछिल्लो समय आन्तरिक उडानमा प्रवेश गर्ने र थपिएका नयाँ जहाजको अप्रेटिङ बेस उपत्यका बाहिरका विमानस्थलमा दिँदै आएको छ।

यसमा बुद्धको एउटा जहाजको अप्रेटिङ बेस पोखरा छ भने अन्य सबैको काठमाडौं छ। श्रीको एउटा जहाजको काठमाडौं भए पनि अन्य तीनवटाको पार्किङ बेस नेपालगन्ज र विराटनगर तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

यसैगरी ताराका दुईवटा जहाजको पोखरा, एउटा नेपालगन्ज र समीटको नेपालगन्ज अप्रेटिङ बेस रहेको एउटा जहाज छ। सीताको जहाजलाई पनि काठमाडौं र नेपागन्ज अप्रेटिङ बेस तोकिएको छ। यसैगरी मकालुको अप्रेटिङ बेस सुर्खेत छ।

तर, अप्रेटिङ बेस उपत्यका बाहिर भए पनि अधिकांश एयरलाइन्स कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नै आधार बनाएर उडान भर्दै आएका थिए। उडान बेस कार्यान्वयनमा नआउँदा विमानस्थलमा चाप बढेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अपे्रटिङ बेस अनुमतिअनुसार लागू गराउन सरोकारवाला निकायलाई निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनपछि प्राधिकरणले असार १७ देखि अप्रेटिङ बेस लागू गर्ने तयारी गरेको विमानस्थल कार्यालयका प्रवक्ता पे्रमनाथ ठाकुर बताउँछन्। जहाज अप्रेटिङ बेस कार्यान्वयनमा नआउँदा विमानस्थलमा एयर ट्राफिक बढिरहेको छ। एयर ट्राफिक बढेसँगै जहाज डिले (आकाशमा होल्डिङ) बढेको उनको भनाइ छ।

प्राधिकरणले पछिल्लो समय आन्तरिक उडानमा प्रवेश गर्ने र थपिएका नयाँ जहाजको अप्रेटिङ बेस उपत्यका बाहिरका विमानस्थलमा दिँदै आएको छ।

कार्यालयले अहिले कुन विमान कम्पनीको जहाजको कहाँ पार्किङ छ भन्ने अध्ययन गरिरहेको छ। रात्रिकालीन विमानस्थल पार्किङअनुसार नै विमान कम्पनीलाई उडान तालिका बनाउन आग्रह गरिने ठाकुर बताउँछन्।

उडान तालिका अप्रेटिङ बेसअनुसार नभएको अवस्थामा उडान स्वीकृत नहुने उनको भनाइ छ। एयरलाइन्स कम्पनीले उपत्यका बाहिर बेस बनाएर उडान गर्दा थप आर्थिक भारपर्ने भएकै कारण पनि काठमाडौंलाई नै बेस बनाएको विमानस्थल कार्यालयको भनाइ छ।

त्यसमा पनि प्राधिकरण र विमानस्थलको स्वीकृति विना मन्त्री र मन्त्रालयका कर्मचारीको मिलेमतोमा नियम कार्यान्वन हुन सकेको थिएन। पाइलट उपत्यका बाहिर बस्न नमान्ने प्रवृत्तिका कारण पनि जहाज कम्पनीले बाहिरको बेस भए पनि उपत्यकाबाटै उडान भर्ने गरेका हुन्।

उपत्यका बाहिरका विमानस्थललाई बेस बनाउँदा एयरलाइन्स कम्पनीले पाइलट, एयर होस्टेस र स्टाफलाई कोठा लिएर राख्दा बढी खर्च हुने भन्दै त्रिभुवन विमानस्थललाई बेस बनाइरहेको एयरलाइन्स कम्पनीको भनाइ छ।

कतिपय विमानस्थलमा भने जहाज पार्किङको पूर्ण सुरक्षा समेत नभएको एयरलाइन्स कम्पनीको भनाइ छ। कतिपय एयरलाइन्स कम्पनीले भने बेस निर्धारण न्यायोचित नभएको बताउँदै आएका छन्। प्राधिकरणले उडान अनुमति दिँदा पुरानो र ठूला कम्पनी भन्दै नयाँ र जहाज कम भएका एयरलाइन्स कम्पनीलाई मात्रै उपत्यका बाहिर पठाउन खोजेको बेस उडान बाहिर भएको एयरलाइन्स कम्पनीको आरोप छ।

उपत्यका बाहिर बेस भएको एयरलाइन्स कम्पनीका एक प्रतिनिधिले भने, ‘धेरै जहाज भएकालाई काठमाडौं बाहिर पनि बेस दिनुपर्छ अनि मात्रै यो नियम कार्यान्यन गर्न सहज हुन्छ।’ बाहिरलाई बेस बनाएर उडान गरे पनि जहाज काठमाडौं नै आउनुपर्ने अवस्था छ। बाहिरबाट बाहिरै उडान गर्न सक्ने अवस्था छैन। अर्थतन्त्रको हिसाबले पनि जहाज कम्पनीका लागि बाहिरको बेस उचित नहुने विमान कम्पनीको भनाइ छ।

०००००००००बेस सन्तुलनको तयारी

प्राधिकरणले सबै जहाज कम्पनीको सुझावअनुसार गर्दै बेस सन्तुलनको तयारी थालेको छ। केही समय भित्रै अब जहाज संख्या हेरर सबै एयरलाइन्स कम्पनीलाई उपत्यका बाहिरको बेस निर्धारण गर्ने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए। साथै, प्राधिकरणले विमानस्थलमा बढ्दो हवाई चापलाई ध्यान दिँदै नयाँ जहाज थप्ने अनुमतिमा समेत रोक लगाउने तयारी गरेको छ। अहिले नेपालमा २० वटा स्वदेशी वायु सेवा सञ्चालक कम्पनी छन्। देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३० वटा एयरलाइन्स कम्पनीले विश्वका विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.