प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव र बाइक भीरमा

प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव र बाइक भीरमा

धनगढी : कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन्।कैलालीको कञ्चनपुरमा पुर्नवास नगरपालिका-२ दशरथ बस्तीका २४ वर्षीय तेजबहादुर विष्टलाई उनकी श्रीमती लक्ष्मी बढेला र प्रेमी दीपक खत्री मिलेर हत्या गरी भीरमा खसालेको प्रहरीले जनाएको छ। 

कैलालीको गोदावरी नगरपालिका-११ ओलानी ससुराली भएका विष्टलाई उनकी श्रीमती लक्ष्मी बढेला र प्रेमी दीपक खत्रीले हत्या गरी भीमदत्त पन्त राजमार्गमा पर्ने भासु भीरमा खसालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

असार ८ गते ससुरालीमा रहेकी पत्नीलाई बोलाउन गएका विष्ट सोही दिनदेखि वेपत्ता थिए। आमा हिरादेवी विष्टले कैलालीको मालाखेती प्रहरीमा ससुराली गएको छोरा वेपत्तासम्बन्धी उजुरी दिएपछि प्रहरीले सोमबार राति लक्ष्मी र दीपकलाई पक्राउ गरेको थियो। 

दुबैजनाले आफू एकअर्कालाई प्रेम गर्ने गरेको र तेजबहादुरलाई घुम्न जाउँ भनेर भासु भीरतिर लगेर टाउकोमा रडले हानेर मोटरसाइकलसहित भीरमा फालेको बयान दिएको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

हत्या गरिएका तेजबहादुरको शव र उनले चढेको म २ प ६४७७ नम्बरको मोटरसाइकल भीरमा फेला परेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

मंगलबार बिहान अभियुक्त द्वयलाई लगि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको थियो। प्रहरी निरीक्षकसहितको प्रहरी टोलीले भासु भीरबाट शव र मोटरसाइकल निकाल्न गएको प्रहरीले जनाएको छ। 

लक्ष्मीले- ८ गते नै खानीडाँडा घुम्न जाउ भनेर श्रीमान्लाई लगेको र त्यसपछि भासुको भीरमा पनि हेरेर आउँ न भनेर लगेको प्रहरीले जनाएको छ। भासुको भीरमा फलामको रड लिएर बसिरहेका प्रेमी खत्रीले पुग्ने वित्तिकै टाउकोमा फलामको रड हानेर भीरमा फालेको बयान दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.