अदालत भित्रै आर्थिक चलखेल ? वकिलले बहिष्कार गरे इजलास

अदालत भित्रै आर्थिक चलखेल ? वकिलले बहिष्कार गरे इजलास

राजविराजः अदालतमाथि आर्थिक चलखेलको गम्भीर आरोप लगाउँदै कानुन व्यावसायीहरुले मंगलबारदेखि अनिश्चितकालका लागि उच्च अदालत जनकपुर राजविराजको इजलास बहिष्कार गरेका छन् ।

राजविराज उच्च अदालत बार एशोसिएसनले इजलासमा हुने आर्थिक चलखेल बन्द नभएसम्म अनिश्चितकालका लागि इजलास बहिष्कार गरेका हुन् ।

बार एशोसिएसनका सचिव बिमलकुमार साहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेश र फैसलाले अदालतप्रतिको जनआस्थामा ह्रास आएको आरोप लगाउँदै आर्थिक चलखेल बन्द नभएसम्म बन्दी प्रत्यक्षीकरण मुद्दा बाहेक सम्पूर्ण इजलास बहिष्कार गर्ने निर्णय भएको जनाए ।

कानुन व्यावसायीहरुको बृहत भेलाले इजलास बहिष्कार गर्ने निर्णय गरेको जनाउँदै बार एशोसिएसनका अध्यक्ष विजयकुमार यादवले मुद्दा फैसलामा अनियमितता बढेका कारण फैसलामा प्रभावित हुन थालेकाले इजलास बहिष्कार गर्नुपरेको बताए । 

गत जेठ २० गते जिल्ला न्यायाधीश नियुक्ति गर्दा न्याय परिषदले त्रुटिपूर्ण निर्णय गरेकाले त्यसको विरोधका लागि समेत इजलास बहिष्कार गरिएको उनले बताए । १६ जना जिल्ला न्यायाधीश नियुक्ति गर्दा समावेशीको सिद्धान्तलाई पालना नगरिएको उनले आरोप लगाए ।

न्याय परिषदको गत जेठ २० गतेको निर्णय अनुसार यसअघि परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको थियो ।

उच्च अदालत राजविराज इजलाशका रजिष्ट्रार रोशनकुमार भट्टराईले बेन्च वा सम्बन्धित पक्षले माग गरेको खण्डमा फैसलाका त्रुटीपूर्ण वाक्यहरु संशोधन गर्न सकिने अन्यथा माथिल्लो निकायमा जान सकिने व्यवस्था हुँदाहुँदै इजलास बहिष्कार गर्नु अनुपयुक्त भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.