आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज

आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज

काठमाडौं : नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज नेपाल आइपुगेको छ। ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजको नाम 'अन्नपूर्ण' राखिएको छ। 

जहाज लिनका लागि नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली गत मंगलबार युरोप गएको थियो। महाप्रबन्धन कंसाकारसहितको टोली यही जहाजमा आएको थियो। जहाज फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं अवतरण गरेको हो। 

कंस्कारसहित एकजना इन्जिनियर र एक कानुन विज्ञ फ्रान्स गएका थिए। जहाज ल्याउने प्रक्रियाका लागि नागरिक उड्ययन प्राधिकरणका तीनजना प्राविधिक त्यसअघि नै फ्रान्सको टुसुल सहरस्थित एयरबस कम्पनीमा पुगेका थिए। 

२०६५ देखिको प्रक्रिया

निगमले दुईवटा वाइडबडी जहाज खरिदको सम्झौता गरेकोमा पहिलो जहाज आइपुगेको हो। २०६५ सालमा नै ६ वटा वाइडबडी जहाज किन्न प्रस्ताव आह्वान गरेकोमा २०७१ मा दुईवटा ए ३२० विमान आएका थिए भने १० वर्षपछि ए ३३० जहाज आइपुगेको हो।

निगमले योवाइडबडीको पहिलो व्यावसायिक उडान संयुक्त अरब इमिरेट्सको दुबईमा गर्ने घोषणा यसअघि नै गरिसकेको छ। एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ।

यो वाइडबडी नेपालको आफ्नै सबैभन्दा ठूलो जहाज हो। २८० सिट क्षमताको यो वाइडबडी जहाजमा सिट एसेम्बल (जडान) गर्दा भने १८ वटा बिजनेस क्लास र २५६ इकोनोमी क्लास सिट राखिएको निगमले जनाएको छ। पहिलोवाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ। 

विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो।

नेपाल वायु सेवा निगमले यी दुई वाइडबडी जहाज किन्न करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ। त्यसका लागि निगमले साढे १२ अर्ब रुपैयाँ कर्मचारी सञ्चयक कोष र अर्को साढे १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएको छ। वायु सेवा निगमको यो वाइड बडी आएपछि चारवटा चारवटा ठुला जहाज हुनेछन्। निगमसँग अहिले एयर बस दुईवटा र बोइङ ७५७ एउटा जहाज रहेको छ। 

पानीको फोहोरासहित वाइडबडीको स्वागत। फोटोः दिपेन श्रेष्ठ/अन्नपूर्ण

दुइटै वाइड बडी आइसकेपछि निगमले बोइङलाई बेच्ने तयारी गरेको छ। निगमले अर्को बोइङ यसअघि नै बेचिसकेको छ। निगमले अरु दुईवटा एयरबस खरिदका नेपाल वायु सेवा निगम सञ्चालक समितिबाट निर्णय गराइसकेको छ। निगमले आन्तरिक उडानका लागि ६ वटा ट्विनअट्टर जहाज खरिद प्रक्रिया सुरु गरिसकेको छ।

निगमको विज्ञप्ति


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.