प्रहरीसँग गोली हानाहान हुँदा एक युवकको मृत्यु

प्रहरीसँग गोली हानाहान हुँदा एक युवकको मृत्यु

गौर : रौतहटमा बिहीबार राति हतयिार बोकेको एक समूह र प्रहरीबीच गोली हानाहान भएको छ । घटनामा परी एक जनाको ज्यान गएको छ ।

खुट्टा र पेट नजिकै गोली लागेका एक युवकको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको हो । प्रहरीका अनुसार राजदेवी नगरपालिकाको मुडवलवा टोलको उत्तरपट्टी बाग्मती नदी किनारको तटबन्धनमा बिहीबार राति करीब १० बजे प्रहरी र ३ जनाको हतियारधारी समूहबीच गोली हानाहान भएको हो । 

प्रहरीले घटना स्थलबाट आधुनिक एसएमजी बन्दुक र सोमा प्रयोग हुने म्याग्जिन बरामद गरेको छ । खोजीको सुचीमा रहेको व्यक्ति आउँदैछ भन्ने सूचनाको आधारमा प्रहरी गौडा कुरेर बसेको र त्यँही गोली हानाहान हुँदा अन्दाजी २५ बर्षका एक युवकको गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 मोटरसाइकलमा आएका ३ जनामध्ये दुई जना बन्दुक पड्काउँदै  भारतको सीमाना तर्फ भागेका बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.