सुके खानेपानीका स्रोत
चैनपुर : बझाङका प्राय सवै गाँउ बस्तीहरू पहाडको फेदी र डाडामा घिचिमिच भएका देखीन्छन्। पुराना मान्छेले बस्ती बस्दा गाँउ नजिकै कुवा वा पानीको मुहान भएको स्थानमा घर बनाएर बसेको अवस्था छ।
तर अहिले गाँउ भित्र वा नजिक रहेका पानीका स्रोतहरू सुक्नेक्रम जारी छ। गाँउ नजिक रहेका पानीका स्रोतहरू सुकेपछि पुराना एकै ठाँउमा वस्ती बसेका गाँउलेहरू लाई खानेपानीको समस्या देखीन थालेको छ।
नजिक रहेका पानीका स्रोत सुक्नथाले पछि गाँउवाट टाढा टाढा रहेका मुहान वाट खानेपानीका योजनाहरू ल्याएर खानेपानीको व्यवस्था गरिन थालेको छ।
थलारा गाँउपालीका खोली हाटमा रहेको परमपरागत ढुड्गेधारा सुकेको छ। यो धारा पुरानो थलारा कोटका राजाहरूले पानी खाने धारा हो। पाँच वर्ष अगाडी दुई धारा आउने पानी एकाएक सुकेपछि हाटका मानिसहरूले एक किलो मिटर वाट खानेपानी गाँउमा ल्याएका छन्। यस्तै तल्कोटको लोकन्डमा पनि गाँउमा रहेको परम्परागत पधेरो सुकेको छ। यस्तै बुंगोल नगरपालीका खिरातडीमा पनि गाँउलेहरूले पानी खाने परम्परागत धारा एकाएक सुकेको त्यहाँका स्थानियले वताएका छन्। परम्परागत गाँउमा रहेका ढुड्गे धारा सुकेको कुनैमा पानीको मात्रा घट्दै गएको उदाहरण हाम्रो गाँउमा पनि देखीन्छ छान्नाका शैलेन्द्र रोकायाले भने छान्ना माझिगाँउमा रहेको पुरानो बाग धारमा पनि अहिले पानीको मात्र घट्दैछ।
विच गाँउमा रहेको पुराना पधेराहरू सुक्न थाल्दा यस्तो किन भयो होला भन्ने मान्छेमा खुल्दुली त छ तर किन भयो भन्दा समय बदलिए भनेर गाँउलेहरू भन्ने गर्दछन्। पुराना मान्छेले खानेखाने गाँउमा पधेरानै हुन। तर हाल गाँउका थुरै पधेराहरू सुकेका देखीन्छन्। पिखेतका राम खातीले गाँउमाथी रहेका जंगलहरू विनास हुनु डाडाका भित्ताहरूमा जथाभावी सडक काट्ने प्रचलनले पनि पानीका स्रोत सुक्दै गएको उनको भनाई छ। थलारामा पनि चार पाँच पुराना ढुड्गे धारा सुकेका छन्। गाँँउमा पुराना पानी खाने ढुड्गेधारा जिल्ला भरी कति सुकेका छन् भनेर जिल्ला खानेपानी कार्यालय संग एकिन डाटा नभएपनि तर ५० भन्दा बढी गाँउमा रहेका पुराना कुवा र ढुड्गेधारा सुकेका वताईन्छ।
गाँउमा रहेका परम्परागत ढुड्गे धारा कुवा र अन्य पानीका स्रोत संरक्षण गर्न स्थानियतह वाट खासै पहल भएको देखीदैन। परम्परागत पधेराँहरू सुक्दा विवाह वर्तमा धारा पुज्ने चलन समेत हट्दै भएको छ।