बुधबारदेखि अवरुद्ध भएको बेसीसहर-चामे सडक खुल्यो

बुधबारदेखि अवरुद्ध भएको बेसीसहर-चामे सडक खुल्यो

लमजुङ : तीन दिनदेखि अवरुद्ध बेसीसहर-चामे सडक सूचारु भएको छ। बुधबार राति सडकका ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो।लमजुङ खण्डको तीन ठाउँमा गएको पहिरो पन्छाए पछि  अवरुद्ध सडक खुलेको  प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए। ढकालसहितको प्रहरी टोलीले पहिरो गएको ठाउँको अनुगमन गरेको थियो।

प्रजिअ ढकालका अनुसार मस्र्याङ्दी गाउँपालिका-३, अर्खलेबेंसी-४ को काप्रेभीर र मनाङ सिमाना नजिकै च्याम्चे क्षेत्रमा गएको पहिरो डिभिजन सडक कार्यालय दमौली, निर्माणाधिन जलविद्युत आयोजना, प्रहरी र स्थानीयको संयुक्त सहयोगमा हटाइएको हो।

प्रहरी नायव उपरीक्षक यादव ढकालले सडकमा खसेको पहिरो पन्छाएपछि सवारी साधन सूचारु भएको बताए। कच्ची र साँघुरो सडक भएकाले बर्खायाममा समस्या हुने गरेको उनले बताए। 

उनका अनुसार लमजुङ-मनाङ सीमाको म्यार्दीखोलामा पुल बनिनसकेको अवस्थामा खोलाबाट सवारी वारपार गर्न थालेका छन्।मस्र्याङ्दी गाउँपालिका-४ का वडाध्यक्ष सुमन गुरुङका अनुसार सडक खुलेपनि पहिरोको जोखिम उत्तिकै रहेको छ।

बर्खायाममा लमजुङ साथै मनाङका विभिन्न भागमा पहिरो खस्ने गर्छ। तर, यसपटक बर्खा नलाग्दै  समस्या उत्पन्न भएको स्थानीय बताउँछन्। उनीहरुका अनुसार बाटो अवरुद्ध भएपछि यात्रु आवातजावत सँगै खाद्यान्न ढुवानीसमेत ठप्प हुने गरेको छ।

गत बर्खामा खुदीको अर्खलेबेसीमा चट्टान झर्दा पाँच दिनसम्म सडक अवरुद्ध भएको थियो। बेसीसहर-चामे सडक ६५ किलोमीटरको छ। सडक निर्माण भएको २४ वर्ष पुग्दा पनि हिमाली जिल्ला मनाङ जोड्ने सडकको स्तरवृद्धि हुन सकेको छैन्। सडकको स्तरवृद्धि नहुँदा यात्रुले सधैं सास्ती खेप्नु परेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.