मुग्लिन नारायणगढ सडकको सकस : पहिरोले बिहानैदेखि सडक अवरुद्ध

मुग्लिन नारायणगढ सडकको सकस : पहिरोले बिहानैदेखि सडक अवरुद्ध

इच्छाकामना (चितवन) : मुग्लिन नारायणगढ सडकखण्डको इच्छाकामना गाउँपालिका  ५ स्थित तोपेखोलामा चट्टानसहितको पहिरो खस्दा मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको छ।

बहान ६ बजेदेखि नै तीन वटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहे पनि दिउँसोसम्म सडक खुलेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बाटो खुलाउन अझै केही घण्टा लाग्ने छ।

‘हामीले बिहानैदेखि पहिरो हटाउने प्रयास गरिरहेका छौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले भने, ‘बीचमा पानी नपरे दुई घण्टामा सडक खुल्न सक्छ। पानी पर्‍यो भने त गाह्रै छ।’ 

ठूलो पहाडै खसेकाले पहिरो पन्छाउन समय लागेको उनको भनाइ छ। पहिरो पन्छाउँदै गर्दा केही समय अघि फेरि पहिरो खसेपछि पहिरो हटाउनमा समस्या भएको छ। 

कालीखोलादेखि जलविरेसम्मको क्षेत्रमा साना ठूला गरी दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ। तर, सबैभन्दा ठूलो पहिरो भने तोपे खोलामा गएको छ। सडक अवरूद्ध हुँदा हजारौ यात्रु बीचबाटोमा नै अलपत्र परेका छन्। प्रहरीले भने पहिरो हटाउन समय लाग्ने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिसकेको छ।

अलपत्र यात्रु। तस्बिर : तुलमान गुरूङ
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.