एसईई परीक्षामा सामुदायिक विद्यालयका छात्रा उत्कृष्ट

एसईई परीक्षामा सामुदायिक विद्यालयका छात्रा उत्कृष्ट

बर्दिबास : बर्दिबासस्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका ६ जना बालिकाले विद्यालय शिक्षा परीक्षा(एसईई) मा ए प्लस ल्याएर महोत्तरी जिल्लामा सामुदायिक तर्फबाट उत्कृष्ट भएका छन्।

जनता विद्यालयमा ७ जनाले ए प्लस ल्याएकामध्ये ६ जना छात्रा रहेको विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर रम्तेलले जानकारी दिए।उनले महोत्तरी जिल्लामा यो नतिजा उत्कृष्ट भएको बताएका छन्।

२०७४ को एसईई परीक्षामा महोत्तरी जिल्लाका ९८ वटा माध्यमिक विद्यालय सहभागी भएका थिए। जनता माध्यमिक विद्यालयबाट सहभागी ४५ जना विद्यार्थीले शतप्रतिशत रिजल्ट ल्याउन सफल भएका हुन्।

छात्रा सम्यता भट्टराई, दिक्षा काफ्ले, भूमिका काफ्ले, लेलिना श्रेष्ठ, प्रिया तमाङ्ग, लिलम ढुंगाना गरी ६ छात्राले ए प्लस ल्याएका थिए भने छात्रतर्फ शिरिर भण्डारीले ए प्लस ल्याउन सफल भएका हुन्।   

ए प्लस ७ जना, ए १७ जना र बी १८ जान गरी ४५ जना विद्यार्थी उत्तिर्ण गराउन सफल भएको जनता माध्यमिक विद्यालय जिल्लाभरीमै सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ठ भएको छ। 

२०७३ को एसईई परीक्षामा सहभागी ४५ जनामध्ये आकाश थापा मगरले ए प्लस ल्याएका थिए। एक समारोहका बीच उत्तिर्ण विद्यार्थीलाई सम्मान गरिएको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल र प्रदेश सांसद शारदा थापाले उत्तिर्ण सबै विद्यार्थीलाई फूलमाला, अविर लगाई सम्मानपत्र प्रदान गरेकी थिइन्। 

मधेशमा छोरीले परीक्षामा राम्रो अंक ल्याएकोमा उपाध्यक्ष दाहाल थापाले खुशी व्यक्त गरिन्।अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको विद्यालयले बोडिङ्ग स्कुल कै तुल्नामा सामुदायिक तर्फबाट उत्कृत्ट रिजल्ट ल्याउन सफल भएको विद्यालयका सहप्रध्यापक लिलानाथ गौतमले बताए।

'अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले विद्यालयलले एसईई परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको हो, 'विद्यालयका प्राध्यानाध्यापक नेत्र बहादुर रम्तेलले भने।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन प्रसाद ढुंगानाले उर्त्तिण सबै विद्यार्थीलाई बधाई दिँदैं भने, 'राम्रो पढाइका लागि बोडिङ्ग स्कुल नै जानुपर्ने दिनको अब अन्त्य भयो।' विद्यालयलले प्लस टु मा साइन्स, ३ वर्षे पशु विज्ञान र प्लान्ट विज्ञानको कक्षा संचालन गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.