को हुन् प्रहरी इन्काउन्टरमा मारिएका युवा ?

को हुन् प्रहरी इन्काउन्टरमा मारिएका युवा ?

गौरः अत्याधुनिक एसएमजी बन्दुक बोकेर मोटरसाइकलमा सवार एक व्यक्ति प्रहरीसँगको भिडन्तमा मारिएका छन्न । केही दिनदेखि राजदेवी नगरपालिका–४ गडहियास्थित बागमती नदीको बाँधमा हातहतियारसहित केही व्यक्ति ओहारदोहोर गरेको सूचनाका आधारमा गस्तीमा निस्केको प्रहरीसँग गोली हानाहान भएको थियो । 

बिहीवार राति करिब १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल चेक गर्ने क्रममा प्रहरीतर्फ गोली हानिएपछि जवाफी फायर गर्दा ती युवक गोली लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

मोटरसाइलमा सवार नाम ठेगाना नखुलेका करिब २६ वर्षका युवा प्रहरीको कारबाहीमा मारिएका हुन् । प्रहरीले घटनास्थलबाट अत्याधुनिक हतियार एसएमजी एक थान र त्यसमा प्रयोग हुने गोली ४ तथा पड्किएको गोलीको खोका दुई थान बरामद गरेको जनाएको छ ।

तीनजनाको सख्यामा रहेकामध्ये अन्य दुईजना भने बन्दुक पड्काउँदै भारततर्फ भागेको प्रहरीले उपलव्ध गराएको प्रेस नोटमा उल्लेख गरेको छ । मृतकको खुट्टा र पेट नजिकै गोली लागेको गौर अस्पतालका चिकित्सकहरुले जनाएका छन् । मृतक युवक नेपाली या भारतीय हुन् भन्ने खुलेको छैन ।

घटनास्थल नजिकै रहेका स्थानियबासीले भने भिडन्त नभएको दाबी गरेका छन । प्रहरीले ती युवकलाई पक्राउ गरी जीपमा राखेर बागमती नदी किनारमा ल्याएर गोली हानी मारेको  आरोप स्थानीयले लगाएका छन । घटनास्थलबाट करिब एकसय मिटर टाढा घर भएका स्थानीयबासी अहिले त्रसित छन् । राति नै गाउँलेले प्रहरीलाई घेराउ समेत गरेका थिए । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यलय गौरबाट प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको थियो । घटनास्थल सदरमुकाम गौरबाट करिब १० किलोमिटर उत्तर–पूर्बस्थित बागमती किनारमा पर्दछ । प्राथमिक विद्यालय गडहियाको चौर नजिकै गोली चलेपछि शुक्रवार विद्यालय समेत बन्द भएको छ । विद्यालय नजिकै गोली चलेर मान्छे मारिएपछि त्रसित भएर शुक्रवार शिक्षक र विद्यार्थी नआएको गाउँलेले बताएका छन् ।

बिहीबार राति गोली चलेपछि शुक्रवार बन्द भएको विद्यालय । तस्विर: फणि महत 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.