खेती गर्ने जमिन बर्सेनि घट्दै

खेती गर्ने जमिन बर्सेनि घट्दै

 विराटनगर : अन्नको भण्डार मानिने पूर्वाञ्चलमा खेती हुने भूमि बर्सेनि घट्दै गएको पाइएको छ। अन्न उत्पादनको उर्वर भूमि मानिने पूर्वमा तीन वर्षयता १५ प्रतिशतले खेती हुने भूमिमा कमी आएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरको तथ्याङले जनाएको छ। सन् २००२ देखि २०१४ सम्ममा १५ प्रतिशत खेतीयोग्य भूमिमा कमी आएको हो।

। देशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यको साथ आधुनिकीकरण गर्दे सरकारले काम गरिरहेको बेला खेती हुने भूमिमा कमी आएको हो। वर्षको एक पटक लगाउने बर्खे धान खेती हुने जमिनमध्ये २४ प्रतिशतले क्षेत्रफल घटेको छ।

किसानले उत्पादन गरेको धानसहित अन्य खाद्यान्यको मूल्य लागतअनुसार नपाउनु र जथाभावी प्लटिङ गर्ने रवैयाले धान खेती हुने क्षेत्रफल कमी आएको कृषि निर्देशनालयका प्रविक्ता राजेन्द्र उत्प्रेतीले जानकारी दिए। उनले खेतीका लागि मजदुर अभाव हुनु र बजार भाउ किसानको लगानी र मेहनतअनुसार नपाउने भएकाले किसानको धान खेती प्रति आकर्षण नभएको अर्को कारण भएको सुनाए।

सन् २००२ मा तीन लाख ६६ हजार ४ सय ९५ हेक्टर क्षेत्रफमा धान खेती हुर्दै आएकोमा २०१४ मा ३ लाख ११ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमा झरेको थियो। जुन २४ प्रतिशतले घटेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ। पूर्वाञ्चलको सिरहा र सप्तरीमा ५० प्रतिशतले खेतीयोग्य क्षेत्रफल कमी आएको छ।

सप्तरीमा सन् २००२ मा ७० हजार एक सय ९० हेक्टर जमिनमा धान खेती हँुदै आएकोमा घटेर ३५ हजार हेक्टर पुगेको तथ्याङले जनाएको छ। सिरहामा ७१ हजार ८ सय हेक्टरमध्ये हाल ३६ हजार हेक्टर जमिनमा मात्रै धान खेती हँुदै आएको छ।

पुर्वका ओखलढुंगा र तेह्रथुम जिल्लामा धान खेती हुने भुमिमा कमि आएको छ।

ओेखलढुंगामा ३५ प्रतिशत र तेह्रथुममा ३२ प्रतिशतले धानखेतीयोग्य भुमि कमि आएको हो। त्यसैगरी पूर्वको सबैभन्दा बढी धान उत्पादन हुने झापामा १० प्रतिशत, मोरङमा १३ प्रतिशत र सुनसरीमा २७ प्रतिशतले धान खेती हुने भुमिमा कमि आएको तथ्याङ्ले जनाएको छ।

विगत केही वर्षयता कृर्षि प्रधान देश नेपालमा ९ प्रतिशतले धानखेती योग्य जमिनमा कमी आएको बताइएको छ। धान खेतीको लागि चाहिने पानीको अभाव , सिचाईको लागि प्रयाप्त नहरको सुविधान नभएको र भएको स्थानमा समयमा नहरमा पानी नआउने गरेकाले समेत धान खेतीको क्षेत्रलफल घटेको निर्देशनालयले जनाएको छ। पूर्वमा हाल सम्म कुल ४लाख ६६ हजार २ सय ८६ हेक्टरमा रोपाइँ धान रोपाई हुदै आएकोमा असार १४ गते सम्म ११ दशमलब ४ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ।

गत वर्ष हाल सम्म पूर्वमा १२ प्रतिशत धान रोपाइँ भएको थियो। पूर्वको

उच्च तथा पहाडी भेगमाभन्दा तराईमा तापक्रम बढी हुने भएकाले तराईको तुलनामा उच्च पहाडी भेगमा बढी क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ।

क्षेत्रीय निर्देशनालयका अनुसार पूर्वको उच्च पहाडी भेगको कुल रोपाइँ हुने क्षेत्रफलमध्ये १७ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ। भने मध्यपहहाडी क्षेत्रमा २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जनाएको छ। तराई क्षेत्रमा ७ दशमलव ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइ भएको छ।      

नेतादेखि विद्यार्थीसम्म रोपाइँमा

मोरङको झोरहाट नाट्य समूहले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेको आतिथ्यमा बेठी लगाउने र सामुहिक रोपाइँ आयोजना ग¥यो । धान दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री घिमिरेले कृषि क्षेत्रको विकासलाई सरकारले समेत ध्यान दिएको बताउँदै भने,‘कृषिको वकासलाई अझ धैरे गति दिन प्रदेश सरकाले विकासको मूल आधार कृषि क्षेत्रलाई नै मानेको छ ।’ उनले बजेट विनियोजन गर्दासमेत कृषिलाई प्राथमिकता दिइएको बताए ।

मोरङको भौंडाहामा काँग्रेस निकट नेपाल किसान संघले धान दिवस मनाएको छ । काँग्रेसका केन्द्रीयस्तरदेखि स्थानीय नेता तथा कार्यकर्ता धान रोपाइँमा खटिएका थिए ।

‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने नरासाथ विराटनगर–१९, थानगाछीमा उद्योगीसहितको टोलीले धान रोपर धान दिवस मनाइयो । विराटनगर महानगरपालिकाको धान पकेट संचालन समितिका संयोजक बकन राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा महानगरका प्रमुख भीम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडालगायतले हिलोखेतमै पसेर धान रोपे । पर्याप्त वर्षासँगै यो वर्ष झापामा रोपाइँको चटारो असार १५ भन्दाअघि नै सुरु भइसकेको छ । तर, धान दिवसको सन्दर्भ पारेर शुक्रबार पनि जिल्लाका विभिन्न ठाउँमा सामूहिक रोपाइँ भने गरियो ।

असार पहिलो सातादेखि नै रोपाईं सुरु भएको छ । समयमा धान रोप्न सुरु भएकाले यो वर्ष धानको उत्पादन पनि वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय झापाले बताएको छ ।

अघिल्लो वर्ष असार १९ गतेबाट मात्र धान रोप्न सुरु भए पनि यस वर्ष असार पहिलो साताबाट नै धान रोप्न सुरु भएको प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश कुमार डाँगीले बताएका छन् । ‘समयमा पानी परेकाले अहिले धमाधम धान रोपाई भईरहेको छ, प्रमुख डाँगीले भने,‘यो वर्ष बाढी र ढुबान नभए अघिल्लो वर्षको तुलनामा दोब्बरले धान उत्पादन बढ्छ ।’ धान दिवसको सन्दर्भ पारेर जिल्लाभर रोपाइँ भएको उनले बताए । धान दिवस झापाको भद्रपुरसहित विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरी धान रोपाइँ तथा दिवस मनाइएको छ । बिर्तामोड–१० का कृषक कृष्ण भुजेलले भने,‘समयमै पानी परेकोले रोपाईंमा समस्या भएको छैन ।’ यो वर्ष झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने जिल्ला कृषि विकास कार्यालयको अनुमान रहेको छ । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिकाको कृषि शाखा र कलबलगुडी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा १५ औँ धान रोपाई महोत्सव आयोजना गरियो । महोत्सवमा करिब २०० जना स्थानीयहरूले ३ बिघा खेतमा बाजागाजासहित रोपाइँ गरेका थिए ।

धान दिवसको अवसरमा ओखलढुंगाको रुम्जाटारमा रोपाइँ गरिएको छ । जिल्ला समन्वय समिति, सिद्धिचरण नगरपालिका, राष्ट्रिय कृषक समूह महासंघ, रुम्जाटार उच्च माविलगायतका निकायको संयुक्त आयोजनामा धान रोपाइँ गरेर दिवस मनाइएको छ ।

रोपाइँको उद्घाटन प्रदेशसभाका सदस्य अम्बिरबाबु गुरुङले गरेका थिए । सिद्धिचरण नगरपालिका वडा नं. ४ र ५ मा पर्ने पानीट्यांकी खेतमा रोपाइ आयोजना गरिएको हो । रोपाइमाजिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ, उपप्रमुख इच्छाकुमारी गुरुङ लगायतका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, कर्मचारी लगायतको सहभागिता थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.