लिफ्टबाट  खानेपानी

लिफ्टबाट  खानेपानी

पोखरा :  पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर २१, ३१ र ३३ वडामा दुई वर्षभित्र स्थानीय नागरिकको घरघरका धारामा पानी पु¥याउने गरी खानेपानी आयोजनाको सम्झौता भएको छ ।

सम्झौतासँगै खानेपानी अभाव झलेका स्थानीयमा खुसी छाएको छ । महानगरपालिका–२१ स्थित निर्मलपोखरी, कृस्तीका नागरिक खानेपानी अभावमा पानी लिन एक बिहान नै खेर फाल्दै आएका छन् । वडा नम्बर ३३ को भरतपोखरीको उच्च भाग र वडा नम्बर ३१ को बेगनासका स्थानीयको अवस्था पनि उस्तै छ ।

गाउँमा दुई वर्षभित्र हरेकको घरमा २४ सै घण्टा पानी आउने गरी खानेपानी आयोजनाको सम्झौता गर्न पाउँदा निकै खुसी लागेको पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष खगराज आचार्यले सुनाए । वडाध्यक्ष आचार्यले यसै सहलगानीको खानेपानी आयोजनाको ठेक्का सम्झौता गर्दा त्यतिबेला रकम नपुगेपछि आफ्नो जग्गा धितो राखेर ४० लाख रकम जुटाएका थिए । स्थानीयले जुटाउनुपर्ने २० प्रतिशत रकममध्ये अहिले स्थानीयले २ करोड ६५ लाख जुटाइसकेका छन् । रकम जुटेपछि उनले त्यो रकम फिर्ता पाएका थिए ।

करिब २८ करोड बजेटका दुई आयोजनामध्ये भरतपोखरी कृस्ती निर्मलपोखरी सहलगानी खोनपानी तथा सरसफाइ आयोजनाक लागि १८ करोड ८८ लाख ४९ हजार १ सय ९३ र लेखनाथ दोस्रो सह लगानी खानेपानी आयोजनाका लागि ८ करोड १३ लाख ६२ हजार ६ सय २७ रुपैयाँ ठेक्का परेको हो । खानेपानी तथा ढल निकास विभागअन्तर्गत क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय पोखराका सिनियर डिभिजन इन्जिनियर नन्दलाल बञ्जाडे, तीन वटै वडाका वडाध्यक्ष, ठेकेदार र उपभोक्ता समितिका अध्यक्षबीच सह—लगानीको खानेपानी आयोजनाको चालु आर्थिक वर्षको ठेक्का रकम सम्झौता भएको हो ।

आयोजना सम्पन्न भएपछि खानेपानी अभावमा दुःख पाएका लेखनाथ खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत साविक लेखनाथ नगरपालिका वडा नम्ब ९, १०, ११ का २ हजार ५ सय ३६ घरधुरी लाभान्वित हुने लेखनाथ खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष विष्णु बरालले बताए । लेखनाथको स्याङखुदीबाट पम्पगरी बेगनासडाँडामा निर्माण गरेको पानीट्यांकीमा खसालेर घरघरमा वितरण गरिनेछ । १५ वर्षको जनसंख्यालाई हेरेर आयोजना सञ्चालन गर्न लागिएको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय पोखराका सिनियर डिभिजन इन्जिनियर नन्दलाल बञ्जाडेले बताए ।

आयोजनाअन्तर्गत भरतपोखरी कृस्ती निर्मलपोखरी सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाबाट २ हजार १ सय ११ घरधुरीले २४ सै घण्टा प्रशोधन गरिएको पानी पाउने गरी आयोजना अघि बढेको वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.