पानी चुहिने हलमा, दियालो बालेर गोविन्द केसीको अनशन

पानी चुहिने हलमा, दियालो बालेर गोविन्द केसीको अनशन

जुम्ला: प्रहरीको निगरानीमा अनशन थालेका डा. गोविन्द केसीको पहिलो रात निकै कष्टकर भयो । प्रहरीघेराभित्रै अनसन शुरु गरेका डा. केसीलाई प्रहरीले आफ्नो नियन्त्रणमा रहने गरी जिल्ला खेलकुद विकास समितिको अव्यवस्थित कभर्डहलमा राखेको छ । 

बत्तीसमेत नरहेको कभर्ड हलमा उनको अनसनको पहिलो रात निकै कष्टकर बनेको डा. केसीका सहयोगीसमेत रहेका भाइ किशोर केसीले बताए । ‘डा. केसीलाई राखिएको कभर्डहल निकै अब्यवस्थित छ’, केसीले भने, ‘यहाँ कुनै सुविधा छैन, न त बिजुली छ । न त पानी र शौचालय, निकै कष्टका साथ अध्याँरोमै पहिलो रात बित्यो ।’ 

दियालोको सहायताले रात काट्न मुस्किल परेको उनले अन्नपूर्णसँग दुखेसो पोखे । अनसनस्थलमा विजुलीको व्यवस्था गरिदिन पनि उनले माग गरेका छन् ।

‘ठुलो कबर्डहलमा पानी चुहिन्छ, चिसो बढेको छ, कपडाको व्यवस्था पनि राम्रो छैन । डा. केसीलाई जाडोले समस्या बनाइरहेको छ’, उनले भने, ‘यस्तै अवस्था रहे केसीको स्वास्थ्यमा छिट्टै समस्या आउने देखिन्छ ।’ शनिबार दिउँसोबाट अनसन शुरु गरेका डा. केसीले अहिलेसम्म केही खाएका छैनन् ।    

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन बस्ने योजना बनाएर आएका डा. केसीलाई जुम्ला प्रशासनले निषेध गरेपछि जिल्ला खेलकुद विकास समितिको कबर्ड हलमा प्रहरीको नियन्त्रणमा राखिएको छ । 

डा. केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट प्रहरीले पक्राउ गरेको थियो । उनले पक्राउपछि हिरासतमै अनशन सुरु गर्दा प्रहरीले कबर्डहल लगेर छाडेको हो । चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएकाले सच्याउन माग गर्दै डा. केसीले जुम्लामा अनशन सुरु गरेका हुन् ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.