प्रतिपक्षको अवमूल्यन गरे सदन अवरुद्ध हुन्छ : कांग्रेस

प्रतिपक्षको अवमूल्यन गरे सदन अवरुद्ध हुन्छ : कांग्रेस

हेटौंडा : प्रदेश नम्बर ३ सरकारले प्रतिपक्षको अवमूल्यन गरे नेपाली कांग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ। आगामी आर्थिक वर्षको विनियोजन विधेयमाथि आइतबार प्रदेशसभा बैठकमा बोल्दै विपक्षी दल कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले भने, ‘प्रतिपक्षको सुझाव कार्यान्वयन नहुने हो भने हामी सदन अवरुद्ध गर्छौ।’

प्रदेश सरकारले ठूला सपना बाँडेर बजेटमा नीति कार्यक्रमको खिल्ली उडाएको उनले बताए। ‘सपना ठूलो बाँड्ने प्रदेश सरकारले बजेट विनियोजन गर्दा भने थोरै बाँडफाँड गरेको पाइयो’, बानियाँले भने, ‘स्थानीय तहले जस्तो २–४ लाख रुपैँयाको बजेटसमेत प्रदेश सरकारले विनियोजन गरेर के हुँदैछ ?’ 

भोजभतेर, तालिम, सेमिनार, गोष्ठीमा बजेट छुट्टयाएर अनियमिता गर्न खोजेको भन्दै यसबाट प्रदेश समृद्धि नहुने उनको भनाइ छ। ‘मन्त्रीमुखी, नारामुखी र एकांकी खालको बजेट आएको छ’, बानियाँले भने, ‘बजेटप्रति हाम्रो सहमति छैन। बजेट नसच्याए सदन अवरुद्ध हुन्छ।’

प्रदेश गौरवका योजना भनेर नामाकरण गरे पनि बजेट भने नछुट्याएकोप्रति उनले आपत्ति जनाए। पानीको मुहान संरक्षणका लागि भन्दै १५ लाख मात्रै विनियोजन गरेर सरकारले हाँस्यास्पद काम गरेको उनको भनाइ छ। 

सत्तापक्षका प्रदेशसभा सदस्य सिता अधिकारीले बजेटबारे बोल्दा सन्तुलन कायम गर्नुपर्नेबारे आफू जानकार रहेको बताउँदै बजेटप्रति सन्तुष्ट नरहेको बताइन्। 

बैठकमा विपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य न्हुच्छेनारायण श्रेष्ठ, पुकार महर्जन, विजया केसी श्रेष्ठलगायतले बजेटको विरोध गरे। बैठकमा सत्तापक्षीय प्रदेशसभा सदस्य सीता लामा, शशीजंग थापा, प्रदिपकुमार कटुवाल क्षेत्री केसी, रामकाजी श्रेष्ठलगायतले बजेटको बचाऊ गरेका थिए। विनियोजन विधेयकमाथि शनिबार र आइतबार प्रदेशसभा सदस्यले छलफल गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.