कांग्रेस युवा नेता महासमिति बैठकमा केन्द्रित

कांग्रेस युवा नेता महासमिति बैठकमा केन्द्रित

काठमाडौं : संघ–प्रदेश चुनावमा पराजयपछि पार्टी सुधार अभियानमा संगठित कांग्रेस युवा नेता भदौमा हुने महासमिति बैठकमा केन्द्रित हुन थालेका छन्। कांग्रेसभित्र महाधिवेशनपछि महासमिति बैठकलाई महत्व दिन्छ।

महासमिति बैठकअघि अभियानमा लागेका नेता गगन थापासहितका युवा नेता देशभरका महासमिति सदस्यसँग पार्टी सुधारबारे छलफल गर्ने योजनामा छन्।

उनीहरूले महासमिति बैठक केन्द्रित गरी सदस्यता वितरण, संघीय संरचनाअनुसार पार्टी संरचना, अधिकार प्रयोग र समावेशी बनाउन छलफल गर्ने तयारी गरिरहेको छ।

हेटौंडा जिल्ला सभापति भेलामा पार्टी सुधारको अभियानले खासै महत्व नपाएपछि कांग्रेसको युवा पुस्ता महासमितिलाई उपयोग गर्ने रणनीतिमा लागेको हो। अभियान प्रभावकारी बनाउन उनीहरूले केन्द्रीय समिति बैठकमा समेत संयुक्त दस्ताबेज प्रस्तुत गरेका थिए।

हेटांैडा भेलामा सहभागी पार्टीका जिल्ला सभापतिलाई बन्द सत्र सुरु हुनुअघि पनि युवा नेताहरूले केन्द्रीय समितिमा पेस गरिएको दस्ताबेज वितरण गरेका थिए। तैपनि भेलामा उनीहरूको दस्ताबेजबारे खासै चर्चा भएन। भेलामा उनीहरूका गतिविधि प्रभावशून्य जस्तै भएपछि उनीहरूको अभियानको कांग्रेसमा विभिन्न आकलन गर्न थालिएको छ।

शीर्ष नेतृत्वबीच मनमुटाव बिस्तारै घट्दै गएपछि युवा नेताहरूको अभियान कमजोर हुन सक्ने आकलन पनि हुन थालेको छ। पार्टी सुधार अभियानको अगुवाइ गरिरहेका युवा नेता थापा भन्छन्, ‘जिल्ला सभापति भेलामा हाम्रै कमजोरीले पर्याप्त चर्चा हुन सकेन। सभापतिहरूलाई भेलाअघि दस्ताबेज उपलब्ध गराउन सकेको भए उनीहरूले अभियानबारे बोल्न सक्थे।’

थापाका अनुसार उनीहरूको दस्ताबेज चुनावको समीक्षामा केन्द्रित थियो। ‘हामीले यसअघि पेस गरेको दस्तावेज चुनाव समीक्षामा केन्द्रित थियो। महासमिति बैठकपछि पार्टीलाई संघीय ढाँचामा लैजाँदा आवश्यक संरचनाबारे महासमिति सदस्यसँग छलफल गर्छौं’, उनी भन्छन्, ‘हामी यसका लागि स्थानीय, जिल्ला र प्रदेश स्तरका महासमिति सदस्यसँग छलफल गर्छांै। महासमिति भेलामा उहाँहरू एउटा तहको छलफल गरी आउन सके बैठक सार्थक हुनेछ।’

चुनावपछि कांग्रेस पुनर्जागरण अभियान घोषणा गरेका नेतामध्ये एक नवीन्द्रराज जोशी भन्छन्, ‘हेटौंडा भेलापछिका गतिविधिलाई हामीले पनि महत्वका साथ लिएका छौं।’ अर्का युवा नेता प्रदीप पौडेलले महासमिति भेलाअघि युवा नेताहरूले गर्ने सबै तहको अन्तरक्रियाका आधारमा दस्ताबेज थप परिमार्जन गरिने बताए। उनी भन्छन्, ‘महासमिति बैठकमा हामी आफ्नो प्रस्ताव थप परिष्कृत गर्दैछौं।’ उनीहरूको दस्ताबेजले पार्टी सुधार गर्न नेतृत्वदेखि तल्लोतहसम्म व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

 कांग्रेसको शीर्ष नेतृत्वबीच मनमुटाव बिस्तारै घट्दै गएपछि युवा नेताहरूको अभियान कमजोर हुन सक्ने आकलन पनि हुन थालेको छ।
 

विश्लेषक शंकर तिवारी युवा नेताहरूको अभियानलाई कांग्रेसभित्र पुस्तान्तरको संघर्ष मान्छन्। उनी भन्छन्, ‘पछिल्ला दुई महाधिवेशनमा पछिल्लो पुस्ताको प्रतिनिधित्व बढ्दै गएको छ तर युवाहरूबीच पनि आपसमै प्रतिस्पर्धा र नेतृत्वको पछि लाग्ने होड चलेको छ।’ युवा नेताहरूले नेतृत्वलाई चुनौती दिने अभियान सुरु गरेलगत्तै सभापति शेरबहादुर देउवाले अभियानमा संलग्न विश्वप्रकाश शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएर अभियान कमजोर पार्ने रणनीति अपनाए।

देउवाको रणनीतिप्रति टिप्पणी गर्दै नेता थापा भन्छन्, ‘मनोनयनलाई अभियान प्रभावित पार्न गरिएको भन्न सकिन्छ।’ पार्टीमा युवा नेतालाई नजरअन्दाज गर्न सक्ने अवस्था नरहेको उनको विश्लेषण छ। उनी भन्छन्, ‘पहिला हामी युवासँग ताली पड्काउने जमात मात्रै थियो तर आज हामीसँग मत दिने जमात पनि बिस्तारै जोडिन पुगेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.