‘मदिरा र विलासिताका वस्तुमा समाजवाद नखोज्नुस्’

‘मदिरा र विलासिताका वस्तुमा समाजवाद नखोज्नुस्’

काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले मदिरा र विलासिताका बस्तुमा समाजावाद नखोज्न सुझाव दिएका छन् । 'कस्ता खाले करका सिद्धान्त अपनाएका छौँ भन्ने ढंगबाट कर नीति अपनाइएको छ', आर्थिक विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले सोमबार संसदमा भने, 'मदिरा र विलासिताको वस्तुमा समाजवाद नखोज्नुस ।'

आर्थिक विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रमा उनले आन्तरिक उत्पादन र उद्योग संरक्षणमा ध्यान दिएको बताए । 'विलासी, स्वास्थ्यमा असर पार्ने वस्तुमा कर बढाएका छौँ, आन्तरिक उत्पादन र उद्योगलाई संरक्षणमा ध्यान दिइएको छ', उनले भने, 'तीन पुस्तासम्मको सम्पत्ति हस्तान्तरमा कुनै कर लाग्दैन, कृषियोग्य जमीनमा व्यापक रुपमा हुँदै आएको प्लटिङलाई रोक्न पाँच प्रतिशत कर लगाइएको हो । हामीले प्रगतिशील कर प्रणालीको ढाँचा अपनाएका छौँ ।' 

शिक्षा र स्वास्थ्यमा नागरिकले तिर्ने करलाई व्यवस्थित गर्न तथा दूरसञ्चार कम्पनीले पाउनुपर्ने सेवा र करको दायरा खुम्चने भएकाले ११ प्रतिशत लगाइँदै आएको करमा २ प्रतिशत बढाएर १३ प्रतिशत पुर्‍याइएको बताउँदै डा खतिवडाले किसानलाई व्यवसायमै अनुदान दिने भएको हुँदा मूल्य अभिवृद्धि कर फिर्ता लिने कुरा जायज नभएको टिप्पणी गरे । 

'कर प्रणालीलाई पारदर्शी, करदातामैत्री विलासिताकामा बढी आवश्यकता र उत्पादनका क्षेत्रमा कम कर लगाइने नीति अपनाएका छौँ', उनले भने, 'हामीले आवश्यकता पूरा भएपछि मात्र निकासी गर्ने कि नगर्ने भन्ने नीतिका आधारमा रोडाढुंगा निकासीसम्बन्धीको विषयलाई टुङ्ग्याउनुपर्छ ।' 

विश्व व्यापार संगठन र साप्टाका कारण कतिपय वस्तुमा चाहेर पनि कर बढाउन नसकिने बताउँदै अर्थमन्त्रीले आयकरका दर दक्षिण एशियाली मुलुकका हाराहारीमै रहेको दाबी गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.