मेसी र रोनाल्डो भन्दा नेमार अगाडि

मेसी र रोनाल्डो भन्दा नेमार अगाडि

रुस: ब्राजिलका स्ट्राइकर नेमारको यो दोस्रो विश्वकप फुटबल हो । उनले अहिलेसम्म विश्वकपमा ६ गोल गरिसकेका छन् । ६ गोल गर्ने क्रममा उनले अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भन्दा कम सट हानेका छन् । मेसीले ६७ सट र रोनाल्डोले ७४ सट हानेका थिए । तर नेमारले केवल ३८ सटमा ६ गोल गरिसकेका छन् । 

सबैभन्दा अगाडी नेमार 

गोलका लागि सट हान्ने मामिलामा पनि नेमार सबैभन्दा अगाडि छन् । ब्राजिलका लागि नेमार यस विश्व कपमा मैदानमा व्यस्त देखिन्छन् । पटक पटक लडिरहने उनलाई ड्रामा किङ पनि भन्न थालिएको छ। 

उनले यो विश्व कपमा कुनै पनि अन्य खेलाडीको भन्दा धेरै २३ सट गोलका लागि हानेका छन् । जसमा १२ टार्गेटमा थिए ।  नेमारले आफ्ना साथीहरुका लागि गोल गर्ने १६ अवसर दिएका छन् । अर्कातिर उनीमाथि सबैभन्दा धेरै २३ पटक फाउल गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.