‘फोपी’ एप सार्वजनिक, पाइरेसी रोकिने विश्वास

‘फोपी’ एप सार्वजनिक, पाइरेसी रोकिने विश्वास

काठमाडौं : सर्जक र स्रष्टा अनुबन्धित कृतिलाई सहज माध्यमबाट दर्शक र श्रोतामाझ पुर्‍याउने र सिर्जना चोरी (पाइरेसी) नियन्त्रण गर्ने उद्देश्यका साथ सोमबार राजधानीमा ‘फोपी एप’ सार्वजनिक गरिएको छ । कलाकार, स्रष्टाहरूको उपस्थितिमा नयाँ एप सार्वजनिक गरिएको हो । नेपाली मनोरञ्जन उपभोक्ताको माग र कला क्षेत्रमा आफ्नो मेहनतले चलचित्र, गीत, सिरिज तथा अन्य सामग्री बनाउनेलाई उचित लाभ हुने गरी यो एपले सेतुको काम गर्ने एप निर्माता ‘आविष्कार टेक्नोलोजी’ का प्रमुख कार्यकारी अधिकृत प्रशान्तराज कार्कीले बताए । ‘हाम्रा सर्जकहरू पाइरेसीका कारण कति पलायन भए, कति वैकल्पिक पेसामा लागे’, कार्कीले भने, ‘उनीहरूलाई सधैं बचाइराख्ने दर्शक र श्रोताले नै हो । उनीहरूलाई सिर्जनाबापत लाभ हुनै पर्छ । हामी त्यसकै लागि आएका हौं ।’

यो एपभित्र डाउनलोड गरिएका सामग्री कुनै पनि हालतमा अन्य ठाउँमा सार्न र कपी गर्न नमिल्ने प्रविधि प्रयोग गरिएको छ । यो एउटा स्वतन्त्र माध्यम हो, जसमा मिडिया सामग्री बनाउने र वितरण गर्ने विभिन्न ठूला तथा साना संस्थाहरू आबद्ध रहेको उनले बताए । ‘यो एपमार्फत जो कोही सर्जक, व्यक्ति अथवा मिडिया कम्पनी जोडिएर आफ्ना सिर्जना दर्शकमाझ पुर्‍याउन सक्छन्’, उनले भने, ‘यो स्वतन्त्र र पारदर्शी माध्यम हो । आफ्ना सामग्री कतिपटक किनियो, त्यसबापत कति रकम प्राप्त भयो भन्नेसम्म जानकारी सर्जक वा कम्पनीले थाहा पाउन सक्छन् । कोही ठगिने ठाउँ छैन ।’

कार्कीका अनुसार ‘फोपी’ लाई तीन प्रकारले प्रयोग गर्न मिल्ने बनाइएको छ । सीधा एप डाउनलोड गरी वाईफाईबाट हेर्न मिल्छ । उपभोक्ताले चाहेका सामग्री एपबाटै किनेर हेर्न सक्छन् । अर्को, तोकिएको ‘फोपी’ पसलबाट उचित रकम तिरेर आफ्नो फोनमा सामग्री लोड गर्न सकिन्छ । यो सुविधा वाईफाई नभएको खण्डमा पनि प्रयोग गर्न सकिन्छ । तेस्रो, सार्वजनिक स्थलहरू (होटेल, रेस्टुराँ, सवारीसाधन) मा ‘फोपी हटस्पट’ सञ्चालन गरिनेछ । यी ठाउँमा फोपीको वाईफाई हटस्पटमा कनेक्ट गरी ‘फोपी’ चलाउन सकिन्छ ।

एप निर्माण कम्पनी आविष्कार टेक्नोलोजीले यो एपमार्फत सिर्जना चोरी पूर्णत निषेध हुने विश्वास लिएको छ । यसमा नयाँ तथा पुराना नेपाली चलचित्र, गीत, सिरिज, नेपाली साहित्यका उत्कृष्ट पुस्तक वा सिर्जनाको पोडकास्टलगायत अन्य मनोरञ्जनात्मक सामग्री एकै ठाउँमा हेर्न र सुन्न सकिन्छ । ती सामग्री किन्न पनि प्राविधिक रूपमा धेरै सरलीकृत गरिएको छ । सर्जकलाई पनि उनीहरूको योगदानअनुसार आर्थिक लाभ हुनेछ । सबै मिडिया सामग्री तीव्र गतिमा (टुजीमा समेत) डाउनलोड गर्न सकिन्छ ।

उनका अनुसार ‘फोपी एप’ का सामग्री किन्न पैसा तिर्ने माध्यमहरू पनि सरल बनाइएका छन् । प्रयोगकर्ताले सीधै आफ्नो मोबाइलको ब्यालेन्स र ई (सेवाबाट तिर्न सक्नेछन् । साथै, फोपी पसलमा गई ‘फोपी ब्यालेन्स’ पनि राख्न सकिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.