नेतृत्वविहीन बन्यो धरान उपमहानगरपालिका

नेतृत्वविहीन बन्यो धरान उपमहानगरपालिका

धरान :  धरान उपमहानगरपालिका नेतृत्वविहीन भएको छ । उपमहानगरपालिकाका मेयर तारा सुब्बा बिरामी भएको र उपमेयर मञ्जु भण्डारी समेतले कार्यालय छाडेर काठमाडौं गएपछि मंगलबारदेखि धरान उपमहानगरपालिका नेतृत्वविहीन भएको हो।  धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा फोक्सोमा इन्फेक्शन भएका कारण उपचारका लागि काठमाडौं गएका छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको सुब्बाका पिएसो देबहाङ राईले बताए। 

सुब्बा उपचारका लागि काठमाडौं गएपछि उपमेयर भण्डारीलाई कार्यबाहक मेयरको जिम्मेवारी दिइएको थियो । भण्डारीले मंगलबारदेखि कार्यालयमा अनुपस्थित भएपछि उपमहानगरपालिका नेतृत्वविहीन भएको निमित्त प्रमुख गणेश खतिवडाले बताए । उनका अनुसार मेयर र उपमेयर दुवै अनुपस्थित भएपछि कार्यालयबाट हुने नीतिगत निर्णय र अन्य निर्णय गर्न समस्या भएको बताए । उपमहानगरपालिकामा मेयर र उपमेयर दुबैको अनुपस्थित भए पनि दैनिक सिफारिस लगायतका काममा भने अवरोध नपुगेको निमित्त प्रमुख खतिवडाको भनाइ छ । 

धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्र काफ्लेले उपमहानगरपालिकामा कार्यबाहक मेयरसमेत नभएका कारण दैनिक काम कारबाही सञ्चालनमा असर पुगेको बताए । उनले मेयर/उपमेयर  अनुपस्थित भएको अवस्थामा कुनै वडाध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी दिनुपर्ने भए पनि त्यसो नभएका कारण उपमहानगरपालिका जनप्रतिनिधि विहीन हुनु विडम्बना भएको बताए ।   

मेयर सुब्बा बिरामी भएर उपचाररत अवस्थामा रहेको बेला उपमेयरले कार्यालय छाडेर हिड्नु गैरजिम्मेवार भएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन् । 

कार्यालय प्रमुख पनि काठमाडौं

धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासमेत काठमाडौं गएका छन् । उनीहरु कार्यालयको काममा नभएर व्यक्तिगत कामका लागि बिदा मिलाएर काठमाडौं गएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ । जनप्रतिनिधि अनुपस्थित भएको अवस्थामा माथिल्लो तहका कर्मचारी समेत बिदामा बसेपछि काम लथालिङ अवस्थामा पुगेको स्थानिय विष्णु चौलागाईले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.