कृषि फार्ममा आगलागीबाट ६ लाखको क्षति
![कृषि फार्ममा आगलागीबाट ६ लाखको क्षति](https://annapurnapost.prixacdn.net/media/albums/aagolagi-photo-2_wj0hlcO4Ij_YJKzUOCgDN.jpg)
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–६ सखुवाटोकीमा रहेको एउटा कृषि फार्ममा आगलागी भएको छ । सञ्जय चौधरीले सञ्चालन गर्दै आएको किवान्स कृषि फार्ममा शनिबार राति ९ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार आगोले कृषि फार्म र त्यहाँभित्र रहेका अन्नपात,भाँडावर्तन,लत्ताकपडा, कम्प्युटर, बा ५२ प ११८ नम्बरको मोटरसाइकलसहित नगद ४७ हजार रूपैयाँजति रकम जलेको छ । विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने बस्नेतले बताए । उनका अनुसार प्रहरी,स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा ६ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । आगलागीमा मानवीय तथा चौपाया क्षति भने भएन ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)