‘नेमारको अभिनय लाजमर्दो’

‘नेमारको अभिनय लाजमर्दो’

मस्को : विश्व फुटबलका टप स्टार स्ट्राइकर मध्येका एक हुन् ब्राजिलियन नेमार। अर्जेन्टिनाका लियोनल मेसी, पोर्चुगलका किष्टियानो रोनाल्डोपछि नेमारको नाम आउँछ। तर, रुस विश्वकपमा नेमार आलोचित भएका छन्। 

समूह चरणका खेलमा सामान्य आलोचना सहेका नेमारले नकआउट चरणको खेलमा चर्को आलोचनाको सामना गर्नु परेको छ। उनका विपक्षीले मात्र होइन समर्थकले पनि आलोचना गरेका छन्। मेक्सिकोविरुद्धको खेलमा सोमबार राति नेमारले धेरै अभिनय गरेको आरोप सहनु परेको हो।

मेसी र रोनाल्डोसँग तुलना हुने नेमार विश्वका महँगा फुटबल खेलाडी पनि हुन्। जसको प्रदर्शन पनि सोही स्तरको हुनुपर्छ। तर, उनले मैदानमा प्रस्तुत गर्ने व्यवहार उनको स्तर सुहाउँदो नभएको भन्दै आलोचना भएको हो। 

मेक्सिकोसँगको खेलमा भएको के हो ? 
सोमबार राति रुस विश्वकपको नकआउट चरणको मेक्सिकोविरुद्धको खेलमा नेमारले पटक–पटक अनावश्यक प्रतिक्रिया जनाए। खेल ७० मिनेटमा चलिरहेको थियो। नेमारकै गोलमा मेक्सिको एक शून्यले पछि परेको थियो। मेक्सिकोका रक्षक मिगुएल लायुनले बल नियन्त्रण लिने क्रममा नेमारको खुट्टामा छोए। रिप्लेमा देखिन्छ, त्यो टच सामान्य थियो। तर, नेमार मैदानमा लडे। धेरैबेर छटपटाए। उनी बेहोस् जस्तै भए। उनलाई त्यो टचबाट उठ्न करिब एक मिनेट नै लाग्यो। तर, उनी उठेपछि सहजै खेलमा फर्किए। हो यही घटनाले नेमारको आलोचना बढेको छ। 

यो उनको व्यवहारले रेफ्रीमात्र होइन उनकै अफिसियललाई समेत चकित पार्यो। नेमारले  मैदानमा नाटक मात्र गरेनन्। खेल पनि राम्रो प्रदर्शन गरे। खेलको अन्तिम समयमा नेमारकै पासमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल २–० बनाए। यसले नै ब्राजिलको जित निश्चित गर्यो।  

पत्रकारसँग के भने ? 
ब्राजिलको शानदार जितपछि नेमारलाई पत्रकारले घेरे। नेमार पनि प्रतिक्रिया दिन तयार भए। जब पत्रकारले ७० मिनेटमा नेमारले देखाएको व्यवहार बारे प्रश्न गरे तब त्यसको जवाफ ब्राजिलका प्रशिक्षक टिटेले दिए, ‘मैले स्क्रिनमा देखेको थिएँ। त्यहाँ नेमारलाई विपक्षी खेलाडीले टेकेका थिए।’ 

त्यसपछि मात्र नेमार पत्रकारसँग बोले। ‘गएका दुई खेलमा मैले प्रेससँग बोलिन। किनकी मलाई मात्र खेल्नु थियो। टिमका साथीलाई सहयोग गर्नु थियो’, नेमारले भने, ‘मलाई आलोचनाको धेरै ख्याल छैन। त्यो मलाई हेप्ने प्रयास थियो।’

उता मेक्सिकन प्रशिक्षक आन कार्लोसले भने नेमारकै कारण धेरै समय खेर फाल्नु परेको भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘नेमारको व्यवहार राम्रो देखिएन। यो फुटबलका लागि लाजको कुरा हो। एक खेलाडीका कारण हामीले धेरै समय गुमाएका छौँ।’ विपक्षी टोलीका प्रशिक्षकले मात्र होइन विश्वकपका करोडौँ दर्शकले नेमारले सानो विषयलाई ठूलो बनाएर अभिनय गरेको भन्दै आलोचना गरेका छन्। सामाजिक सञ्जालमा उनको व्यवहारको चर्को आलोचना भएको छ।  

मेक्सिकोविरुद्धको खेलमा नेमारको भूमिका महत्वपूर्ण भयो। तर, उनको व्यवहार संसारका मिडियाले नजिकबाट निकालेका छन्। ब्राजिलका पत्रिकाले समेत नेमारको व्यवहार अनावश्यक देखिएको स्वीकार गरेका छन्। 

नेमारबारे कसले के लेखे ? 
सोमबार रातिको खेलमा नेमारले अनौठौ व्यवहार प्रदर्शन गरेको विषयमा प्राथमिकताका साथ खबर प्रकाशित गरेका छन्। रसिया टुडे अनलाइनले त नेमारले अत्याधिक अभिनय गरेको भन्दै फिफाले कारबाही गर्नुपर्ने माग गर्दै समाचार प्रकाशित गरेको छ। बीबीसीले नेमारले अभिनय गरेको कुरालाई उल्लेख गरेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.