प्रदेश तीनको नाम नेवा ताम्सालिङ राख्न माग

प्रदेश तीनको नाम नेवा ताम्सालिङ राख्न माग

 हेटौंडा : प्रदेश नम्बर तीनको नाम नेवा ताम्सालिङ राख्न माग गरिएको छ। नेपाल तामाङ घेदुङ संघ तीन नम्बर प्रदेश कमिटीले मंगलबार हेटौंडामा आयोजना गरेको ‘संघीयता कार्यान्वयन र तामाङ पहिचान’ विषयक कार्यक्रममा सहभागी तामाङ समुदायले प्रदेश तीनको नाम नेवा ताम्सालिङ राख्न माग गरेका हुन्।

नेपाल तामाङ घेदुङ संघ प्रदेश तीनका अध्यक्ष सोमबल तामाङले सात वटै प्रदेशमध्ये तीन नम्बर प्रदेशमा मात्र तामाङ र नेवार जातिको बाहुल्य रहेको भन्दै प्रदेशको नामाकरण गर्दा नेवा ताम्सालिङ राख्नुपर्ने माग गरे। 

‘यो नामाकरण गरिएमा द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने भएकाले यसले बहुपहिचानको मुद्धा पनि समेट्दछ’,उनले भने। तीन नम्बर प्रदेशको १३ वटै जिल्ला छुनेगरी निर्माण गरिन लागेको चक्रपथको नाम पनि ताम्सालिङ राख्न उनीहरुले माग गरेका छन्।

कार्यक्रममा बोल्दै तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुखी नेपाली र समृद्ध नेपालको नाराभित्र सबै पर्ने भएकाले जातजातिबाट माथि उठ्न आग्रह गरे। ‘यो नारामा कुनै जातजाति, व्यक्ति, समुदाय भन्दा पनि तीन करोड नेपाली अट्ने भएकाले यो नारा अनुसार काम गरिनेछ’, उनले भने। अब निश्चित जाति भन्दा पनि उत्पीडित जाति र बर्गको लागि काम गर्नुपर्ने बताए। ‘यो देशका कतिपय खानै नपुग्ने बाहुनहरु पनि छन्। धनी तामाङ समुदायमा पनि छन्’, उनले भने, ‘त्यसैले बर्ग बिषेशमा रहेर काम गर्नु अहिलेको आबश्यता हो।’

तीन नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले अबको समयमा जातजातिको कुरा गरेर नहुने बताए। ‘अहिलेको समयमा सबैसंग प्रतिस्पर्धा गरेर मात्र अघि बढ्न सकिन्छ। नमुना प्रदेश बनाउन सबै मिलेर काम गर्नुपर्छ’, उनले भने।

तीन नम्बर प्रदेशका आन्तरिक मामिला ताथ कानुन मन्त्री शालिकराम जमरकट्टेले तामाङ समुदायहरुको माग पुरा गर्नका लागि आफुहरु लागि परेको बताए। ‘हामीले नै पहिचानको मुद्धा उठाएका हौं, पहिचान दिने काममा पनि हाम्रो पहल हुन्छ’, उनले भने। प्रदेशका कृषि, भूमी तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समृद्धिको नारामा बसै एक हुनुपर्ने बताए।

प्रदेश तीनका उपसभामुख राधिका तामाङ, तीन नम्बर प्रदेशका प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता ईन्द्रबहादुर बानियाँ, पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ, संघका केन्द्रीय अध्यक्ष मोहन गोले लगायतकाले तामाङ समुदायले उठाएको मागबारे आफुहरु सकरात्म रहेको बताएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.