प्रदेश ४ को नाम गण्डकी पक्का

प्रदेश ४ को नाम गण्डकी पक्का

५९ सदस्यीय प्रदेश सभामा ५६ मत गण्डकीको पक्षमा 

 पोखरा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ४ को नाम ‘गण्डकी’ सिफारिस गर्ने निर्णय गरेको छ। बुधबार दिउँसो बसेको बैठकले प्रदेश नामबारे पार्टीको औपचारिक धारणा बनाएको हो। सत्तारुढ पार्टीले नामबारे अलमल गर्दा प्रदेश सभाको पूर्वनिर्धारित बैठक मंगलबार बस्न सकेको थिएन्। 

एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीका सांसदले नामबारे एउटै धारणा बनाउन नसक्दा उक्त पार्टीको संसदीय दलको बैठक साता दिनसम्म बसेको थियो। साविक एमाले प्रदेशको नाम गण्डकी राख्नुपर्ने पक्षमा थियो भने माओवादी केन्द्रका सांसदले पहिचानलाई आधार बनाउनुपर्ने बताउँदै आएका थिए। 

संसदीय दलको बैठकमा सबै सांसदलाई बोल्न दिएर सबैका कुरा सुनिसकेपछि बुधबार नेकपा नामबारे निष्कर्षमा पुगेको हो। संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने पक्षमा सर्वसम्मत निर्णय गरेको बैठकका एक सहभागीले बताए। 

५९ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ सांसद छन्। नेकपाले नामबारे पार्टी धारणा टुंगो लगाएपछि अब प्रदेश ४ को नाम गण्डकी नै रहने पक्कापक्की देखिएको छ। 

१५ सांसद रहेको विपक्षी दल नेपाली कांग्रेसले पनि प्रदेशको नाम गण्डकी राख्नुपर्ने धारणा सार्वजनिक गरिसकेको छ। तीन सांसद रहेको राष्ट्रिय जनमोर्चा पनि त्यही पक्षमा छ। दुई सांसद रहेको नयाँ शक्ति पार्टीले भने गण्डकी तमुवान भनेको छ। प्रदेश नामकरण गर्दा प्रदेश सभामा मतदान हुँदा सभामुखबाहेक ५८ जनाले भाग लिँदा गण्डकीको पक्षमा ५६ जना सांसद हुने देखिएको  छ। 

संविधानको धारा दुई सय ९५ ले प्रदेश नामकरणबारे व्यवस्था गरेको छ। उक्त धाराको उपधारा २ भन्छ, प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुनेछ।’ प्रदेश सभाको बैठक बिहीबारै बस्दैछ। नामकरणको छलफल बिहीबार नै सुरु हुनेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.