इरानी दम्पतीलाई नेपाल आउन प्रतिबन्ध

इरानी दम्पतीलाई नेपाल आउन प्रतिबन्ध

काठमाडौं : गृह मन्त्रालयले इजरायलको नक्कली राहदानीमा काठमाडौं आएको एक इरानी दम्पतीलाई ५ वर्ष नेपाल आउन प्रतिबन्ध लगाएको छ । अध्यागमन विभागको सिफारिसमा गृहले इरानी दम्पती गेलारेह नाजारियानी र आयुव हेइदारीमाथि प्रतिबन्ध लगाएको हो ।

गृहको निर्णयसँगै अध्यागमन विभागले इरानी दम्पतीलाई बुधबार राति इरान फिर्ता पठाएको छ । नेपाल हुँदै इटाली जान इरानी दम्पतीले टर्कीको इस्तान्बुलका मानव तस्करको सहयोगमा नक्कली राहदानी किनेर काठमाडौं आएको बयान दिएका छन् । अध्यागमन विभागका मुद्दा शाखाका अधिकृत चिरञ्जीवी थापाले इरानी दम्पतीलाई ५ वर्ष नेपाल आउन नपाउने गरी गृहले निस्काशन गरेको जानकारी दिए ।

दुबई हुँदै जेठ १२ मा काठमाडौं आएका उनीहरू केही दिनको बसाइपछि उनीहरू भारतको नयाँ दिल्ली हुँदै इटाली गएका थिए । नयाँ दिल्लीस्थित अध्यागमन कार्यालयले राहदानी शंकास्पद भएको भन्दै उनीहरूलाई फिर्ता पठाएपछि त्रिभुवन विमानस्थलस्थित अध्यागमनले पक्राउ गरेको थियो ।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कर्मचारीले भने ती इरानी दम्पतीले प्रयोग गरेको इजरायलको नक्कली राहदानीमा आगमन र प्रस्थान अनुमति दिएका थिए । तेहरानबाट टर्की गएका उनीहरूले दुबई आउन्जेल इरानी राहदानी नै प्रयोग गरेको तर दुबईबाट काठमाडौं आउँदा इजरायलको नक्कली राहदानी प्रयोग गरेका थिए । काठमाडौं जिल्ला अदालतले जाली राहदानीअन्र्तगत उनीहरूलाई जनही २० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

जाली राहदानी प्रयोग गर्ने ३ जना इरानीहरू अहिले पनि अध्यागमनको हिरासतमा रहेका छन । त्रिभुवन विमानस्थलस्थित अध्यागमनले मंगलबार अर्का एक इरानीलाई पनि इन्ट्री रिफ्युज गरेको थियो । उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको अध्यागमन विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.