म्याराडोनाको निःशुल्क प्रशिक्षण प्रस्ताव

म्याराडोनाको निःशुल्क प्रशिक्षण प्रस्ताव

मस्को : साविक उपविजेता अर्जेन्टिना विश्वकपबाट बाहिरिएको पीडा सबैभन्दा बढी पूर्व महान् खेलाडी डिएगो म्याराडोनालाई परेको छ। प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि आक्रोशित बनेका म्याराडोनाले आफू अझै अर्जेन्टिनी टोलीको प्रशिक्षक बन्न तयार रहेको बताएका छन्। एक टेलिभिजनसँगको विशेष अन्तर्वार्तामा म्याराडोनाले आफूलाई मौका दिइएमा निःशुल्क टोलीको प्रशिक्षण सम्हाल्ने बताए।

‘मलाई भित्रैदेखि टोली सम्हाल्ने इच्छा जागेको छ। हाम्रो राष्ट्रिय टोलीको अवस्था देखेर मलाई पीडा भएको छ। त्यसैले म राष्ट्रिय टोलीलाई पुनः नेतृत्व दिन चाहन्छु। मलाई सबैले खुसी छ भन्ने ठानेका छन् तर मेरो मन खुसी छैन। अर्जेन्टिना बाहिरिएको पीडा मेरो मनमा गडेको छ। म पारिश्रमिक बिना नै टोलीको स्तर उकास्ने अभियानमा लाग्न चाहान्छु’, ५७ वर्षीय म्याराडोनाले भनेका छन्।

म्याराडोना यसअघि सन् २००८ देखि सन् २०१० सम्म अर्जेन्टिनाको प्रशिक्षक थिए। म्याराडोनाले बिनापारि श्रमिक टोलीको प्रशिक्षक बन्ने इच्छा देखाएको समाचार बाहिर आएपछि टोलीका प्रशिक्षक जर्ज साम्पाओलीमाथि दबाब परेको छ। भित्र र बाहिरबाट चौतर्फी दबाब आए पनि साम्पाओली तत्काल पद छाड्ने योजनामा देखिएका छैनन्। अर्जेन्टिनी फुटबल संघले साम्पाओलीलाई बर्खास्त गरे संघले उनलाई एक करोड ५० लाख अमेरिकी डलर तिर्नुपर्ने हुन्छ।

रुस विश्वकपको समूहगत चरणको पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरी र दोस्रो खेल क्रोएसियासँग ३–० गोलको अप्रत्याशित हार खेपेपछि म्याराडोना झनै आक्रोशित बनेका थिए। क्रोएसियासँगको हारपछि म्याराडोनाले हारको दोषी खेलाडी नभएर अरू नै कोही भएको भन्दै अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडिओ टापिया र प्रशिक्षक जर्ज साम्पाओलीको समेत आलोचना गरेका थिए।

नाइजेरियासँगको समूह चरणको अन्तिम खेलमा पनि म्याराडोनाले कहिले निदाउने र कहिले एक्कासि उफ्रिएर चिच्याउँदै अस्वाभाविक व्यवहार देखाएपछि उनलाई चिकित्सकको निगरानीमा राखिएको थियो। म्याराडोना अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जित्दा टोलीका महŒवपूर्ण सदस्य थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.