कर्मचारी विवादले काम ठप्प

कर्मचारी विवादले काम ठप्प

गमगढी : छायानाथ रारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत को हुने भन्ने विषयले विवाद हुँदा नगरपालिकाका सबै काम ठप्प भएपछि सेवाग्रही मर्कामा परेका छन् ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिल्ला शिक्षा कार्यालयबाट नगरपालिकाको कामकाज गर्दै आएका विद्यालय निरीक्षक ललितजंग मल्लले सम्हाल्दै आएका थिए । आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिताम्बर सारु मगरलाई आर्थिक प्रशासनिक अधिकारसहित प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्ने गरि काज सरुवा गरी नगरपालिकामा पठाएपछि कर्मचारीबीच विवाद हँुदा सेवाग्राही मर्कामा परेका हुन् ।

मन्त्रालयले सारुमगरलाई काजमा आर्थिक तथा प्रशासनिक अधिकारसहित खटाएको पत्र फिर्ता लिनुपर्ने वा उपसचिवस्तरको अधिकृत नखटाउँदासम्म विवाद समाधान हुन नसक्ने छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए ।

यता, कोष तथा लेखानियन्त्रण कार्यालयले तत्काल सारुमगरको नाममा बैंक खाता सञ्चालन गर्न पत्र पठाएको छ । यदि, सारुमगरको नाममा बैंक खाता सञ्चालन नगरिए नगरपालिकाका सबै खाता रोक्का गर्ने चेतावनीसमेत दिएपछि नगरपालिकाले सञ्चालन गरेका विकास निर्माणको भुक्तानी लिन आएका सेवाग्राही सबैभन्दा मर्कामा परेको नगरपालिकाका कर्मचारी बताउँछन् ।

कर्मचारी विवादले तीन दिनयता नगरपालिकाबाट सञ्चालन भएका योजनाको रकम भुक्तानी हुन सकेको छैन । नगरपालिकाका सबै गाउँ बस्तीमा सञ्चालन भएका चालु आर्थिक वर्षका पूर्वाधार विकासका कार्यक्रमको भुक्तानी रोकिनुका साथै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउन नसकेको, असार २५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने भए पनि सबै कार्य कर्मचारी विवादका कारण अघि बढ्न नसकेको मेयर शाहीले बताएका छन् ।

नगरपालिकामा योजनाको अन्तिम भुक्तानी लिन आएको एक साता भए पनि अहिलेसम्म भुक्तानी पाउन नसकेको छायानाथ रारा नगरपालिका–७ का दानबहादुर रावलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.