सशस्त्रका पाँच एआईजीको राजीनामा

सशस्त्रका पाँच एआईजीको राजीनामा

काठमाडौं : सशस्त्र प्रहरी बलका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेलगत्तै सशस्त्रका पाँच एआईजीले राजीनामा दिएका हुन्।

 
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका तत्कालीन डीआईजी जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो।

बुधबारको मन्त्रिपरिषद् निर्णय लगत्तै पाँच एआईजीले बिहीबार राजीनामा दिएका हुन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि  निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार देउवा सरकारले ०७४ भदौ १४ पछि गरेका राजनीतिक नियुक्ति सबै बदर भएका छन्। नियुक्ती बदर भएपछि एअार्इजीले राजीनामा दिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.