बर्षोदेखि झोलामा हाजिरी

बर्षोदेखि झोलामा हाजिरी

काठमाडौं : सोलुखुम्बुको नाम्चेस्थित पर्यटन कार्यालयका कर्मचारीले बर्षोदेखि झोलामा हाजिरी बोकेर कार्यालय नआउने गरेको पाइएको छ। कार्यालय स्थापना भएको पाँच बर्ष बिते पनि हालसम्म एकजना कार्यालय सहयोगीकै भरमा कार्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुदै आएको छ।

कार्यालयमा हाजिरी खातासमेत छैन। खटाइएका कर्मचारी घरमै बस्ने गरेको कार्यालय स्रोतले जनायो। निजामती सेवा ऐनले तीन महिनासम्म हाजिरी नगर्ने कर्मचारी बर्खास्तमा पर्ने व्यवस्था छ तर यो कार्यालयमा बर्षो देखि कर्मचारीको उपस्थिती भएको पाइदैन। 

झोलामै हाजिरी बोकेर कार्यालय प्रमुख शाखा अधिकृत टंक भट्टराई, नायब सुब्बा प्रकाश राउत घरमै बस्ने गरेको पाइएको हो। शाखा अधिकृत, नायव सुब्बा, खरिदार, प्राविधिक र दुईजना कार्यालय सहयोगीसहित ६ जनाको दरबन्दी भए पनि एक जना स्थानीय कार्यालय सहयोगी मात्र यो कार्यालयमा बर्षोदेखि रहदै आएको छ।

सिमा प्रसासन कार्यालय जग्गामा पर्यटन विभागले भवन निर्माण गरी पाँच बर्षअघि पर्यटन कार्यालयको स्थापना भएको हो। खुम्बु क्षेत्रका हिमालदेखि अन्य पर्यटकीय क्षेत्रमा जाने पर्यटकको सहजता र नियमन गर्न सरकारको उपस्थिति जनाउने लक्ष्यले कार्यालय स्थापना गरिएको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले बताए। तर विभागका निर्देशक समेत रहेका सापकोटाले भने कर्मचारी नियमितता बारे कुनै प्रतिकृया दिन मानेन। कार्यालयमा कर्मचारी नहुदाँ बर्षोदेखि गैरसरकारी संस्थाले पर्यटकमाथि जथाभावी असुली, ठगी लगायतका क्रियाकलाप गर्दे आएको छ।

पर्यटकमाथि समस्या हुने गरेपछि आधार शिविरमा मौसमी कार्यालय राख्ने सोच बढेपछि कार्यालय नाम्चेमा राखिएको सापकोटाले बताए। कार्यालयमा कर्मचारी नहुदाँ सरकारले खटाएको सम्पर्क अधिकृतलाई सगरमाथा प्रदूषण नियन्त्रण समिति नामको गैरसरकारी संस्थाले हाजिरी गराउदै आएको छ। कानुनत तोकिएको फोहोर व्यवस्थापन समेत नहुदाँ हिमाल फोहोरको डङगुरले भरेको छ। कार्यालयमा कर्मचारी नबसी नियमन नहुदाँ खुम्बु क्षेत्रको पर्यटन व्यवसायमा गलत कृयाकलाप बढ्दै गएको भन्दै स्थानीयहरुले तत्काल नियमीत गर्न माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.