विजनेस भीसामा नेपाल छिरी धर्म प्रचार गर्ने फिलिपिनी देश निकाला

विजनेस भीसामा नेपाल छिरी धर्म प्रचार गर्ने फिलिपिनी देश निकाला

काठमाडौं : गृह मन्त्रालयले व्यवसायिक प्रवेशाज्ञा (विजनेस भीसा) को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्काशन (डिपोर्ट) गरेको छ ।

व्यापारिक भीसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई छानबिन गर्न निर्देशन दिएको थियो । निष्काशित हुनेमा फिलिपिनी नागरिक दे भेरा रिर्चड र इन्डोनेसियाकी रिता गोङ्गा छन् ।

इसाई धर्म प्रचारमा संलग्न भएको आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको यो सम्भवत पहिलो घटना हो । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले भीसा दुरुपयोग गर्ने जो कोहीमाथि कारबाही हुने बताए ।

महानिर्देशक काफ्लेले अन्नपूर्णसँग भने, ‘एउटा प्रयोजनका लागि लिएको भीसा अर्को प्रयोजनमा प्रयोग गर्न पाईंदैन । फिलिपिनी दम्पत्तीले भीसाको दुरुपयोग गरे ।’

विदेशी नागरिक अनुगमन निर्देशिका लागू भएपछि अध्यागमन विभागलाई विदेशी नागरिकको निगरानी गर्न सहज भएको छ । निर्देशिका लागू भएपछि अध्यागमनले धर्म प्रचारलगायत अध्यागमन कानुन उल्लंघन गर्ने विदेशीलाई निगरानीमा रोखेको छ ।

ललितपुरको पुल्चोकमा रेष्टुरेण्ट चलाएर बसेका फिलिपिनी दम्पत्तीले कुमारीपाटीको ‘इभर नेसन चर्च’ मा पादरी भइ इसाईधर्म प्रचार गरेको अभियोगमा अध्यागमन विभागले छानबिन थालेको थियो ।

छानबिनमा उनीहरूले व्यवसायिक भीसाको आडमा चर्चमार्फत् इसाईधर्म प्रचार गरेको पुष्टी भएपछि अध्यागमन विभागले एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै शुक्रबार निष्काशन गरेको हो । अध्यागमन विभागले उनीहरूलाई सिल्क एयरबाट सिंगापुर हुँदै फिलिपिन्स पठाएको छ ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई ती फिलिपिनी दम्पत्तीको निष्काशनबारे जानकारी गराएको थियो । अध्यामगन विभागबाट व्यवसायिक भीसा लिइ पादरी भएका फिलिपिनी दम्पत्ती इसाईधर्म परिवर्तनमा संलग्न भएको पुष्टी भएपछि गृहले निष्काशनको निर्णय गरेको हो । चर्चमा स्वयंसेवक र पादरीका रुपमा रही उनीहरूले इसाई धर्म प्रचार गरेका थिए । अध्यागमन विभागले उनीहरूको व्यवसायिक भीसा पनि रद्ध गरेका छन् ।

रिर्चडले इसी ६७६४२१४ नम्बरको फिलिपिन्सको र उनकी पत्नी रिताले वी ३२२१९३५ नम्बरको इन्डोनेसियाको राहदानीमा नेपाल बस्दै आएका थिए । अध्यागमन नियमावालीको नियम २८ मा जुन उद्देश्यका लागि भीसा प्रदान गरिएको हो सोही अनुरुपका काम नगरी अन्य काम गरे भीसा रद्ध गर्न सकिने प्रावधान छ । फिलिपिनी दम्पत्तीले अध्यागमन ऐन÷नियमावली उल्लंघन गरेको अभियोगमा जरिवाना तिरेपछि अध्यागमन विभागले उनीहरूको भीसा नियमित गरी निष्काशन गरेको छ ।

चर्चमार्फत् इसाईधर्म प्रचार गरेको पुष्टी भएपछि अध्यागमन विभागले फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै शुक्रबार निष्काशन गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.