उत्पादन बढाउन सामूहिक खेतीः महानगरको कृषि कार्यक्रम

उत्पादन बढाउन सामूहिक खेतीः महानगरको कृषि कार्यक्रम

पोखरा : नेपालकै महानगरमध्येमा सबैभन्दा धेरै करिब १२ करोड कृषिमा बजेट छुट्याएको पोखरा महानगरपालिकाले महानगरलाई आत्मर्निभर बनाउन सामूहिक खेती प्रणालीमा जोड दिने भएको छ।

किसान हुँ भन्ने, अनुदानको रकम लग्ने तर खेती नगर्ने परम्पराको अन्त्य गर्दै १० नंग्रा खियाउने वास्तविक किसानलाई कृषि प्रविधिमा अनुदान दिएर उत्पादन बढाउने कार्यक्रम महानगरले यसै आर्थिक वर्षबाट सुरु गर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए। महानगरलाई तरकारी र खाद्यान्नमा आत्मर्निभर बनाउन आधुनिक कृषि प्रविधि अपनाएर सामूहिक खेती प्रणाली गर्ने किसानलाई कृषि प्रविधिमा सघाउने मेयर जिसीले बताए।

एक ताका कोरियामा चामल अनुदानमा दिने नेपाल अहिले भारत र चीनबाट चामल ल्याउने अवस्थामा पुगेको बताउँदै मेयर जिसीले पोखरालाई कृषिमा आत्मनिभर बनाउन किलोमा होइन टनमा उत्पादन गर्ने किसानलाई उत्पादन बढाउन आधुनिक कृषि प्रविधिमा सहयोग गरिने बताए। आफ्नो देशमा कृषि पेसामा लाग्न अपमान भएको महसुस गर्ने तर खाडीमा भेडा चराउँदा इज्जत ठान्ने युवा पुस्तालाई नेपालकै भूमिका कृषि कर्ममा लाग्ने वातावरण बनाउनुपर्ने मेयर जिसीले बताए।

कृषि उत्पादन गर्दा नागरिकको स्वास्थ्यमा असर गर्ने विषादी प्रयोग नगर्न पोखरा महानगरपालिका कृषि महाशाखाको आयोजनामा पोखरामा आइतबार भएको कृषि बजारीकरणसम्बन्धी कार्यक्रममा मेयर जिसीले किसानसँग अनुरोध गरे। अर्गानिक तरकारी र खाद्यान्न उत्पादन गर्न सके पोखरामै त्यस्ता उत्पादनले राम्रो मूल्य पाउने मेयर जिसीले किसानलाई विश्वस्त गराए।

जमिनमा नंग्रा खियाएर उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने, उपभोक्ताले पनि महँगोमा तरकारी तथा खाद्यान्न किन्नुपर्ने तर बिचौलिया मोटाउने अवस्थाको अन्त्य गरी किसान र उपभोत्ता सोझै कारोबार हुने गरी महानगरले बजारको व्यवस्था गर्ने पनि मेयर जिसीले सुनाए।

गण्डकी प्रदेशको कृषि मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले कृषि र पशु जन्य उत्पादनमा परिणम आउने गरी उत्पादन हुने गरि आधुनिक कृषि प्रणालीमा जानुको विकल्प नरहेको बताए।

पोखराको कृषि उपज बजार शान्तिवनमा तरकारीमात्र वर्षमा १ अरब ३५ करोडको कारोवार हुने गरेको पोखरा महानगरपाकिला कृषि महाशाखाका प्रमुख मनहर कडेरियाले बताए। तीमध्ये ८० प्रतिशत तरकारी कास्की बाहिरका जिल्ला र भारतबाट समेत आउने गर्छ।

यसैगरीकृषि उपज बजार शान्तिवनवाट मात्र फलफलुको कारोबार २ अरब ९४ करोडको हुने गरेको कृषि महाशाखा प्रमुख कडेरियाले जानकारी दिए। फलफूल भने ९० प्रतिशत भन्दा बढीउत्पादन विदेशवाट पोखरा आउने गर्छ। कृषि र पशुपालन क्षेत्रबाट परिणममुखी उत्पादन हासिल गर्न महानगरले कृषि र पशुपालन क्षेत्रमा मात्र करिब २४ लाख बजेट छुट्याएको हो।

पोखरा महानगरले कृषि र पशुपालन क्षेत्रमा देशभरका अन्य सहरलाई उछिन्दै सबैभन्दा धेरै बजेट छुट्याएर कृषिमा महानगरलाई आत्मनिर्भरतर्फ लग्ने कार्यक्रम ल्याउनु उपयुक्तकदम भएको कृषि विज्ञ बेनीबहादुर बस्नेतले बताए। महानगरले कृषि पेसामा निरन्तर लागि रहेने वास्तविक किसानलाई छनोट गरी नगदभन्दा पनि प्रविधिमासहयोग गर्नुपर्ने किसान चित्रबहादुर पौडेलले सुझाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.