ठूला आयोजनाको मारमा जैविक विविधता

ठूला आयोजनाको मारमा जैविक विविधता

 गुलरिया : बर्दियाको बबई र पश्चिममा कर्णाली नदीमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूले बर्दियाको जैविक विविधतामा असर पुर्‍याउने देखिएको छ। चिसो र तातो पानीको विशेषता बोकेका देशकै दुई ठूला नदीहरूमा राष्ट्रिय गौरवको भेरीबबई डाइभर्सन र कुलेरिया रानीजमरा सिँचाइ आयोजना निर्माण भएसँगै जैविक विविधतामा असर पुग्ने देखिएको हो।

गौरवका आयोजना निर्माणपश्चात् बबई र कर्णाली नदीका जलाधार क्षेत्रमा परिवर्तन आउने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए। उनले भने, ‘कर्णाली नदी तटीय गेरुवा क्षेत्रमा पानीको मात्रा कम भइरहेको छ। कर्णालीमा निर्माण भएको रानीजमरा सिँचाइ आयोजनाबाट हिउँदमा थप पानीको मात्रा कम हुनेछ।’ पानी अभाव हुँदा बर्दिया राष्ट्रिय निकुञ्जभित्रका जलचर तथा थलचर प्राणी संकटमा पर्ने सम्भावना बढेको छ।

चिसो पानीको विशेषता बोकेको कर्णाली नदीमा रहेका डल्फिनलगायत त्यसका आहारा प्रजाति कमी भई डल्फिनको बासस्थान नै संकटमा पर्न सक्ने सम्भावना छ। साहले थपे, ‘निकुञ्जभित्र जलाधार बढाउन गेरुवा नदीको भँगालोमा रहेको ढुँगा हटाउनुपर्छ अन्यथा निकुञ्जभित्र दीर्घकालीन पानी अभावको समस्या खट्किरहन्छ।’ गौरवको आयोजनाले चुनौती थपिदिएको उनले बताए।

भेरीबाट डाइभर्सन गरी ल्याइने चिसो पानी बबई नदीमा मिसिँदा जलीय विविधतामा उथलपुथल हुने सम्भावना रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। यस्तो गर्दा परेवा ओडारदेखि चेपाङसम्मको ४६ किलोमिटर क्षेत्रफलमा अवस्थित बबई उपत्यकामा पाइने जलचर प्राणी संकटमा पर्ने देखिन्छन्। बबईमा दुर्लभ एवं लोपोन्मुख गरी ४३ प्रजातिका माछा पाइन्छन्।

माछाका लागि ६.५ देखि ९ पीएचसम्म पानी चाहिन्छ। बबई नदीको पानी ८.५ पीएच छ। माछाका लागि १९.७ डिग्री सेल्सियसदेखि २२.१ डिग्री सेल्सियससम्म आवश्यक पर्ने तापक्रम बबईमा छ। यदि भेरीको पानी मिसियो भने तापक्रम घट्न गई माछामा समस्या आउन सक्ने उनले बताए।।

बबईमा र्दुलभ गोल्डेन महाशेर माछा, घडीयाल गोही, कछुवालगायत जलचर रहेकाले आयोजना निर्माणले उनीहरूमा समस्या निम्त्याउने बताए। बबई नदीको पानीमा घुलिएका ठोस पदार्थ (टीडीएस) लगायत अक्सिजनको मात्रा पनि उचित रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.