अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। शितगंगा नगरपालिका- ४  कोप्चेवासमा नरपानीबाट  गोरुसिंगेतर्फ जाँदै गरेको भे १ ख.२११८ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ३० प २५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँई बस अनियन्त्रित भएको हो।

सडकदेखि अन्दाजी १० मिटर तल खस्दा बस र मोटर साइकलमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णु पौडेलले बताए। गम्भीर घाइते ४ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ।

अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। अधिकांश घाइते बाँके जिल्लाका रहेका छन्।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.