मानसरोवर यात्राः दुई महिनामा ८ भारतीय तीथयात्रीको मृत्यु
सिमकोटः गत वैशाख २८ गते देखि सुरु कैलास मानसरोवर तीर्थयात्राका क्रममा अहिलेसम्म आठजना भारतीयले ज्यान गुमाएका छन् ।
मानसरोवर कैला शदर्शन गर्न आएका ६ हजार ४ सय भारतीय तीर्थयात्रीमध्ये ८ जनाको मृत्यु भइसकेको हो । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मासरोवरको दर्शनका लागि आएकामध्ये पाको उमेरका तीर्थालुको अक्सिजनको कमी र चिसोले ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख रञ्जितकुमार यादवले बताए ।
हुम्लाको सदरमुकाम सिमकोट हुँदै चीनको सिमाना तिब्बतबाट मानसरोबर दर्शन गएका तीर्थालुमध्ये ४ जनाको नेपाली भूभागमा र ४ जनाको चिनियाँ भूभागमा मृत्यु भएको हो ।
६२ वर्षीय लाल रोशनकोे चीनको ताक्लाकोटमा जेठ १० गते मृत्यु भएको थियो । त्यस्तै जेठ २३ गते ६९ वर्षीय प्रशोक्तम प्रभाकरणको हिल्सामा जेठ ३० गते र ६९ वर्षकी त्रिवेणी अग्रवालको हिल्सामा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठका अनुसार असार ४ गते ४५ वर्षका स्वामी रामानन्दपुरी हामणेश्वरको चीनमा मृत्यु भएको थियो । यस्तैगरी असार १२ गते ६८ वर्षकी सिन सबरवाल हुम्लाको सिमकोटमा र असार १७ गते ६८ वर्षकी भिनिता सन्जय खेडेकरको चीनमै ज्यान गएको थियो ।
असार १८ गते ५६ वर्षका लीलानारायण मन्डर दत्तको सिमकोट र असार १८ गते ६४ वर्षका नारायण सुब्बा रोयको चीनको ताक्लाकोटमै मृत्यु भएको सिमकोट विमानस्थल सुरक्षाप्रहरी नायव निरीक्षक मदन शाहीले जानकारी दिए । मृत्यु भएका अधिकांश भारतीय तिर्थयात्रीहरुलाई लेक लाग्ने प्रमूख समस्या रहेको जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जितकुमार यादवले बताए ।
तराई क्षेत्रमा बसेका तीर्थयात्रीलाई अचानक उच्च हिमाली क्षेत्रकाो यात्रा गर्दा अक्सीजनको मात्रा अपुग हुने भएकाले मृत्यु भएको डा. यादवले बताए । ‘पाको उमेरका भारतीय र्तीयात्री मानसरोवर तालकै चिसो पानीमा नुहाउने गरेकाले थप स्वास्थ्यमा जटिलता उत्पन्न भएको हो’, उनले भने ।